बास्केटबलको उपाधि मल्पीलाई
काठमाडौँ, १४ फागुन । तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि मल्पी इन्स्टिच्युट ‘ए’ ले हात पारेको छ ।
मण्डिखाटारमा आज भएको फाइनल खेलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । मल्पीको जीतमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १० अंकको योगदान दिए भने आकाश कर्मा गुरुङ र निकेश शाहले १–१ अंक थपे । काष्ठमण्डपका सिर्जन डंगोलले ४ तथा युनिश महर्जनले २ स्कोर जोडे ।
आजै भएको सेमिफाइनलमा मल्पी ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ तथा काष्ठमण्डपले गत दुवै संस्करणको विजेता साइपाल एकेडेमीलाई १०–९ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । फाइनलका सर्वाधिक स्कोरकर्ता प्रसङ्ग ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र काष्ठमण्डपका निर्देशक एवं प्राचार्य डा शिवा थापाले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नु भएको थियो। तीनदिने उक्त प्रतियोगितामा आठ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । रासस
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












