आइसीसी विश्वकप छनोटको अन्तिम खेलमा नेपाल भोलि हङकङसँग खेल्दै
काठमाडौं,२७ फागुन। आइसीसी विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले भोलि हङकङसँग खेल्दैछ ।
हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव हुनेछ ।
सुपर सिक्सको अंकगणित
विश्वकप छनोटमा लगातार तीन खेल हारेको नेपालले अंकविहीन हुँदै समूह ‘बी’को पुछारमा छ । यो समूहबाट स्कटल्याण्ड र जिम्बाब्वे अघिल्लो चरण पुगिसकेका छन् ।
समान २(२ अंक भए पनि नेट रनरेटका आधारमा अफगानिस्तान तेस्रो र हङकङ चौथो स्थानमा छ ।
यदि नेपालले भोलि हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल हुन्छ । नेपाल आफैं सुपर सिक्समा पुग्न चमत्कारिक खेल देखाउनुपर्छ ।
क्रिकइन्फोका पिटर डेला पेनाका अनुसार नेपालले पहिले ब्याटिङ गरेको अवस्थामा ३०० रन बनाएर हङकङलाई १५० मा समेट्नुपर्छ । पहिले फिल्डिङ गरेको अवस्थामा हङकङलाई १५० रनमा अलआउट गरेर ४ ओभरमा लक्ष्य पुरा गर्नुपर्छ ।
नेपाली टिमको अहिलेको र्फमलाई हेर्दा यो एक प्रकारले असम्भव जस्तै छ ।
ओडीआई स्टाटसको हिसाव किताब
तर, एकदिवसीय मान्यता पाउन तथा घटुवा हुनबाट बच्न पनि नेपालले भोलि हङकङलाई हराउनुपर्छ ।
विश्वकप छनोट खेलिरहेका १० मध्ये जिम्बाब्वे, वेस्टइण्डिज, अफगानिस्तान र आयरल्याण्ड आईसीसीका पूर्णकालीन सदस्य हुन् भने नेदरल्याण्डले विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको छ र २०२२ सम्म एकदिवसीय मान्यता पाएको छ ।
आईसीसीकाअनुसार बाँकी ५ टिम एसोसिएट टिमध्ये तीनले एकदिवसीय मान्यता पाउनेछन् ।
स्कटल्याण्डले समूह बीबाट सुपरसिक्समा स्थानसँगै ओडीआई स्टाटस पक्का गरेको छ । भोलि नेपाललाई हरायो भने हङकङ पनि सुपरसिक्समा पुग्छ र ओडीआई स्टाटस पाउँछ । तर, हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्छ र त्यसपछि खेलाइने प्ले अफले ओडीआई स्टाटस पाउने टोलीको टुंगो लाग्नेछ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












