स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ
काठमाडौँ, १२ चैत ।नेपाल स्की संघले भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट महानजङ्ग पाण्डे र रञ्जन केसीले प्रतिष्पर्धा गर्नुहुने संघले जनाएको छ । सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ जान लागेको हो । उक्त टोलीलाई सांसद जीवनराम श्रेष्ठले बिदाई गर्दै खेलाडीले अनुशासित भई प्राप्त गर्ने सफलताले समग्र मुलुकको गौरव र प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल स्की संघका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका सांसद श्रेष्ठले उक्त खेललाई व्यावसायिक बनाउन आवश्यक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त टोलीलाई आवश्यक सहयोगका लागि अफिसियल कर्मचारीमा उत्सव पाठक र सुरज काफ्ले रहनुभएको संघले जनाएको छ । रासस
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...













