साेमबार राति भएकाे खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको दिल्ली डेयरडेभिल्स १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रनमात्र बनायाे ।
दिल्लीका लागि म्याक्सवेलले २२ बलमा ४७ र रिसब पन्तले २६ बलमा ४३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।