‘बेथितिको जालो’ सार्वजनिक
काठमाडौँ, २४ जेष्ठ । राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो ः सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक आज विमोचन गरिएको छ ।
पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक यहाँ आज आयोजित कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले विमोचन गरे ।
कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले नेपालसँग भएको जस्तो भ्रष्टाचार नियन्त्रण गर्ने नियमकानुन अरु मुलुकसँग नभएको जिकिर गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने सक्ने पात्र र प्रवृत्तिलाई तयार पार्नुपर्ने बताए । उनले राजनीतिक दलले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामा भ्रष्टाचारबाट जोगिने प्रयासमा आफूले चाहेको व्यक्ति पठाउने गरेको आरोप पनि लगाए ।
पत्रकार बस्तीले राजनीतिक दललाई जनताका मतमार्फत भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । ट्रान्सपरेन्सीका अध्यक्ष अर्यालले राजनीतिक दलबाट सबभन्दा बढी भ्रष्टाचार हुने गरेको छ भन्दै नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका कानुन कार्यान्वयनको अभाव रहेको बताए ।
पुस्तकका लेखकले आफूहरूले समाचार संकलनका क्रममा दोस्रो जनआन्दोलनपछि मुलुकका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र संवैधानिक अंगमा हुने गरेको बेथितिलाई पुस्तकमा समेटेको बताए । पुस्तकमा राज्यका तीन अङ्ग, भ्रष्टाचार विरोधी निकाय, संवैधानिक निकाय, उद्योग÷व्यवसाय र नागरिक समाजमा हुने गरेको विकृतिलाई उतारिएको छ ।
कार्यक्रममा ‘सार्वजनिक सेवा प्रवाहसम्बन्धी सर्वेक्षण–२०७४’को प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ता डा प्रकाशचन्द्र भट्टराईले सरकारी सार्वजनिक सेवामा जनताले अझै सुविधा नपाएको बताए ।
सिरहा, रुपन्देही, रौतहट, दोलखा, दार्चुला, बागलुङ, बाँके र दाङ जिल्लाका मालपोत कार्यालय, नापी कार्यालय, स्थानीय तह, शिक्षा कार्यालय, अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायत १३ सरकारी सार्वजनिक सेवा प्रवाह संस्थामा अध्ययन गरिएको थियो । सोअनुसार सरकारी अस्पतालमा सबैभन्दा बढी सेवाग्राहीले समस्या भोग्नुपरेको छ भने मालपोत कार्यालयमा सेवा प्रवाह असजिलो भएको र कर्मचारीबाट ढिलासुस्ती हुने गरेको पाइएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












