‘बेथितिको जालो’ सार्वजनिक
काठमाडौँ, २४ जेष्ठ । राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो ः सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक आज विमोचन गरिएको छ ।
पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक यहाँ आज आयोजित कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले विमोचन गरे ।
कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले नेपालसँग भएको जस्तो भ्रष्टाचार नियन्त्रण गर्ने नियमकानुन अरु मुलुकसँग नभएको जिकिर गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने सक्ने पात्र र प्रवृत्तिलाई तयार पार्नुपर्ने बताए । उनले राजनीतिक दलले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामा भ्रष्टाचारबाट जोगिने प्रयासमा आफूले चाहेको व्यक्ति पठाउने गरेको आरोप पनि लगाए ।
पत्रकार बस्तीले राजनीतिक दललाई जनताका मतमार्फत भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । ट्रान्सपरेन्सीका अध्यक्ष अर्यालले राजनीतिक दलबाट सबभन्दा बढी भ्रष्टाचार हुने गरेको छ भन्दै नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका कानुन कार्यान्वयनको अभाव रहेको बताए ।
पुस्तकका लेखकले आफूहरूले समाचार संकलनका क्रममा दोस्रो जनआन्दोलनपछि मुलुकका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र संवैधानिक अंगमा हुने गरेको बेथितिलाई पुस्तकमा समेटेको बताए । पुस्तकमा राज्यका तीन अङ्ग, भ्रष्टाचार विरोधी निकाय, संवैधानिक निकाय, उद्योग÷व्यवसाय र नागरिक समाजमा हुने गरेको विकृतिलाई उतारिएको छ ।
कार्यक्रममा ‘सार्वजनिक सेवा प्रवाहसम्बन्धी सर्वेक्षण–२०७४’को प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ता डा प्रकाशचन्द्र भट्टराईले सरकारी सार्वजनिक सेवामा जनताले अझै सुविधा नपाएको बताए ।
सिरहा, रुपन्देही, रौतहट, दोलखा, दार्चुला, बागलुङ, बाँके र दाङ जिल्लाका मालपोत कार्यालय, नापी कार्यालय, स्थानीय तह, शिक्षा कार्यालय, अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायत १३ सरकारी सार्वजनिक सेवा प्रवाह संस्थामा अध्ययन गरिएको थियो । सोअनुसार सरकारी अस्पतालमा सबैभन्दा बढी सेवाग्राहीले समस्या भोग्नुपरेको छ भने मालपोत कार्यालयमा सेवा प्रवाह असजिलो भएको र कर्मचारीबाट ढिलासुस्ती हुने गरेको पाइएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











