एकै कक्षाका २० विद्यार्थी एकाएक बिरामी
मलेखु, धादिङ, २५ जेष्ठ। दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीस्थित बागेश्वरी मावि कक्षा ८ का २० विद्यार्थी एकै पटक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।
विद्यालयमा पढाइ शुरु भएपछि कक्षामा एकाएक बाहिरबाट आएको अनौठो धुवाँको गन्धसंँगै विद्यार्थी चिच्याएर कराउने र बेहोश हुने लक्षण देखिएको प्रधानाध्यापक राजन अधिकारीले बताए ।
कक्षा ९ का दुई जनासमेत बिरामी भएकाले बैरेनीमा स्वास्थ्यचौकीमा उपचारपछि थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा १३ विद्यार्थीलाई भर्ना गरिएको छ । बाँकी स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएका छन् । बिरामीमध्ये एक छात्र र २१ छात्रा छन् ।
विद्यालयसँगै रहेको स्वास्थ्यचौकीले फोहोरजन्य वस्तु र म्याद नाघेका औषधि जलाएर नष्ट गर्दा निस्किएको धुवाँ विद्यालयमा गएको थियो । सोही समयमा विद्यार्थी एकाएक बेहोश भएर ढल्न थालेका थिए । धुवाँका कारण नभई अन्य कारणले विद्यार्थी बेहोश भएको स्वास्थ्यचौकीका इञ्चार्ज रामप्रसाद ज्ञवालीले बताए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












