क्रुर बाबु: सुतिरहेको छोरालाई चक्कुले हानेर हत्या
काठमाडौँ २९, जेष्ठ । सन्तान प्राप्तीका लागि मानिसले गरेको भोगेको दुखका कुरा सुन्दा मन अमिलो मात्रै होइन मान्छे जल्छ । सन्तान इश्वरका बरदान भन्ने उखानलाई उल्टो साबित गरिदिएका छन् एक बाबुले ।
भक्तपुरको चागुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर–१० कमलविनायक बस्दै आएका पहलमान गिरीले आफ्नै नाबालक छोराको हत्या गरेका छन् ।
आइतबार विहान घरमा सुतिरहेका १२ वर्षीय प्रतिक गिरीलाई पहलमानले तरकारी काट्ने चक्कुले पेट, कोखा, छाती लगायतका स्थानमा प्रहार गरेर निर्ययतापुर्वक हत्या गरेको महानगरीय प्रहरी वृत जगातीका प्रमुख (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिएका छन् ।
परिवारका अन्य सदस्य कोही नभएको बेलामा छोराको हत्या गर्ने कार्यमा संलग्न पहलमानलाई महानगरीय प्रहरी वृत जगाती ले नियन्त्रणमा लिएको छ ।
चक्कु प्रहारबाट गम्भिर घाइते भएका प्रतिकको उपचारको क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको थियो ।
प्रहरीले पहलमानमाथि कर्तब्यज्यान मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











