‘भूक्षयीकरण नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो’
काठमाडौँ, ३ असार । वन तथा वातावरण मन्त्रालयले भूक्षयीकरण न्यूनीकरणका लागि अन्तर्राष्ट्रियरुपमा सरोकारवालाबीच सामूहिक प्रयासको खाँचो रहेको जनाएको छ ।
मरुभूमिकरण विरुद्धको विश्व दिवसका अवसरमा मन्त्रालयले आज विज्ञप्तिमार्फत भूक्षय तटस्थताको लक्ष्य प्राप्त गर्न र खडेरीका प्रभावलाई घटाउन साझेदारी सहयोग बढाउन पर्नेमा जोड दिएको हो ।
‘मरुभूमिकरणविरुद्धको संयुक्त राष्ट्रसंघीय सन्धि’ (युएनसिसिडी) को नेपाल सन् १९९७ देखि सदस्य राष्ट्र रहिआएको छ । यो सन्धि सन् १०९४ जुन १७ मा स्वीकारिएको हो ।
यस दिवसका अवसरमा सन् १९९५ देखि नै मरुभूमिकरण र भूक्षयीकरण विरुद्ध अन्तर्राष्ट्रिय सहयोग र राष्ट्रिय प्रयत्नका साथै जनचेतनाका लागि प्रोत्साहन दिइँदै आइएको छ ।
‘भूमिको वास्तविक मूल्य–यसमा लगानी’ यस वर्षको नारा रहेको छ । यस अवसरमा अर्गानिक र उचित व्यापार उत्पादनमा लगानीमार्फत भूमिको दिगो व्यवस्थापनमा प्रोत्साहनका लागि संरक्षण गर्न जोड दिइएको छ ।
नेपालले भूक्षय र सुक्खा न्युनिकरणका लागि गैरसरकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा जनचेतनालगायत कार्यक्रमलाई उच्च बढवा दिनुका साथै राष्ट्रिय कार्ययोजना बनाई लागू गरेको मन्त्रालयले जनाएको छ ।
टर्कीमा भएको युएनसिसिडी कोप–१२ देखि नै नेपाल भूक्षयीकरण न्यूनीकरणका कार्यक्रममा संलग्न भएको हो । सरकारले भूमिको स्रोतमा नेतृत्वका लागि लैंगिक समानतालाई बढवा दिन विशेष योजना र कार्यक्रमको प्रावधान अघि बढाएको जनाएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












