‘भूक्षयीकरण नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो’
काठमाडौँ, ३ असार । वन तथा वातावरण मन्त्रालयले भूक्षयीकरण न्यूनीकरणका लागि अन्तर्राष्ट्रियरुपमा सरोकारवालाबीच सामूहिक प्रयासको खाँचो रहेको जनाएको छ ।
मरुभूमिकरण विरुद्धको विश्व दिवसका अवसरमा मन्त्रालयले आज विज्ञप्तिमार्फत भूक्षय तटस्थताको लक्ष्य प्राप्त गर्न र खडेरीका प्रभावलाई घटाउन साझेदारी सहयोग बढाउन पर्नेमा जोड दिएको हो ।
‘मरुभूमिकरणविरुद्धको संयुक्त राष्ट्रसंघीय सन्धि’ (युएनसिसिडी) को नेपाल सन् १९९७ देखि सदस्य राष्ट्र रहिआएको छ । यो सन्धि सन् १०९४ जुन १७ मा स्वीकारिएको हो ।
यस दिवसका अवसरमा सन् १९९५ देखि नै मरुभूमिकरण र भूक्षयीकरण विरुद्ध अन्तर्राष्ट्रिय सहयोग र राष्ट्रिय प्रयत्नका साथै जनचेतनाका लागि प्रोत्साहन दिइँदै आइएको छ ।
‘भूमिको वास्तविक मूल्य–यसमा लगानी’ यस वर्षको नारा रहेको छ । यस अवसरमा अर्गानिक र उचित व्यापार उत्पादनमा लगानीमार्फत भूमिको दिगो व्यवस्थापनमा प्रोत्साहनका लागि संरक्षण गर्न जोड दिइएको छ ।
नेपालले भूक्षय र सुक्खा न्युनिकरणका लागि गैरसरकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा जनचेतनालगायत कार्यक्रमलाई उच्च बढवा दिनुका साथै राष्ट्रिय कार्ययोजना बनाई लागू गरेको मन्त्रालयले जनाएको छ ।
टर्कीमा भएको युएनसिसिडी कोप–१२ देखि नै नेपाल भूक्षयीकरण न्यूनीकरणका कार्यक्रममा संलग्न भएको हो । सरकारले भूमिको स्रोतमा नेतृत्वका लागि लैंगिक समानतालाई बढवा दिन विशेष योजना र कार्यक्रमको प्रावधान अघि बढाएको जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











