भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण
वाकोट, ४ असार । तीन वर्षअघिको विनाशकारी भूकम्पले क्षति पुगेको यहाँको सूर्यगढी गाउँपालिका–२ कुवापानीस्थित मंगलादेवी आधारभूत विद्यालय पुनःनिर्माण गरिएको छ ।
‘अन्तर्राष्ट्रिय राहत कार्यक्रम’ मार्फत नौकोठे भवनसहितको संरचना र भौतिक सामग्री समेत जुटाइ विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको भवन निर्माण गर्ने समारिटेन्स पर्सका राष्ट्रिय निर्देशक मेलोडी मोस्कोस्कीले जानकारी दिए ।
उनका अनुसार उक्त संस्थाले रु एक करोड ८५ लाखको लगानीमा भूकम्पलगायतका विपद् प्रतिरोधी भवन, छकोठे शौचालय, छवटा धारासहितको स्वच्छ खानेपानी, सबै कक्षामा पुस्तकालय, फर्निचर, खेल सामग्री र विषयगत शिक्षकलाई तालीमसमेत प्रदान गरेको छ ।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले विद्यालयका सबै कक्षामा पूर्णक्षति बनाएकाले अस्थायी टहरामा सञ्चालनमा रहेको विद्यायललाई नयाँ भवनसहित सहायता सामग्री प्राप्त भएकाले शिक्षकरुमा मनोबल वृद्धि हुनाकासाथै विद्यार्थीमा पनि उत्साह बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर लामिछानेले बताए ।
समरिटेन्ट पर्सको ‘अन्तर्राष्ट्रिय राहत कार्यक्रम’ मार्फत यहाँ हाल अन्य पाँच विद्यालयको पुनःनिर्माण र त्यसका लागि आवश्यक सामग्री व्यवस्थापन भइरहेको उक्त संस्थाका जिल्ला कार्यक्रम संयोजक गणेश लामाले जानकारी दिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












