प्रधानमन्त्री कार्यालयमा यस्ता गुनासा – पानी र दूध सेवन गर्नै त्रास भयो !
काठमाडाैं ८, असार । प्रत्यक्ष रूपमा नागरिकका गुनासो सुन्न स्थापना भएको हेला सरकारमा पछिल्लो समय दूषित पानी र अखाद्य वस्तु मिसावट भएको दूधबारे गुनासो बढी आउने गरेको छ ।
‘अनुगमनबाट दूधमा अखाद्य वस्तु मिसावटको समाचार आयो, तर त्यस्तो मिसावट गर्नेलाई के कारबाही गरियो र अब दूधको गुणस्तर कस्तो छ भन्ने गुनासा धेरै छन्,’ हेलो सरकार इकाइका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले भने ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
सरकारी कार्यालयका फोन उठ्दैनन्
सरकारी कार्यालयका अधिकांश फोन नउठ्ने गरेको गुनासा पनि उत्तिकै छन् । कार्यालयको वेबसाइटमा राखिएको नम्बरमा फोन गर्दा नउठ्ने र उठाउँदा पनि स्पष्ट सूचना नदिने गरेको गुनासो दर्ता भइरहेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्री राजा–महाराजा हुन् ?
हेलो सरकारमार्फत कतिपय नागरिकले राष्ट्रपति र प्रधानमन्त्रीमाथि पनि प्रश्न उठाएका छन् । राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधारणदेखि एम्बुलेन्सलाई समेत रोक्ने गरेको र घन्टौँ जाममा राख्ने गरिएको गुनासा दर्ता भएका छन् ।
‘राष्ट्रपति, प्रधानमन्त्रीको सवारीमा सर्वसाधारणका साथै बिरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स पनि रोकेर घन्टौँ जाममा राखिन्छ, हेलो सरकारमार्फत धेरैले उहाँहरूलाई सोध्ने गरेका छन्, तपाईंहरू पहिलाको राजा–महाराजाजस्तै हो ?’ प्रद्युम्न उपाध्यायले भने ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












