इँटा भट्टाका कारण प्रदूषण बढाएको भन्दै पाँचखालवासी आन्दोलित
बनेपा, १२ असार । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित आँपघारी आसपासका स्थानीय बासिन्दाले बस्ती नजिकै सञ्चालन भइरहेका इँटा भट्टा र प्लाइ उद्योग हटाउन माग गरेका छन् । यी उद्योगबाट वातावरण प्रदूषित हुनाका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको उनीहरुको भनाइ छ ।
नगरपालिकाको वडा नं ७, ८, ९ र १२ को सिमानामा पर्ने आँपघारी, श्रीराम पाटी र किटिनी टोललगायत करीब एक किलोमिटरको दूरी आसपासमा मात्रै सातवटा इँटा भट्टा र एउटा प्लाइ उद्योग सञ्चालित छन् । यी भट्टाहरु नियमविपरीत सञ्चालन हुँदै आएको उनीहरुको दाबी छ । तरकारीको पकेट क्षेत्रका रुपमा चिनिने पाँचखाल नगरपालिकामा इँटा भट्टा सञ्चालनमा आएपछि वातावरण प्रदूषित बन्दैगएको स्थानीय बासिन्दाको दुखेसो छ । त्यहाँ करीब आठ÷दश वर्ष अघिदेखि एक दुईवटा मात्र इँटा भट्टा थिए । अहिले सातवटा भट्टा सञ्चालनमा छन् ।
भट्टाबाट निस्कने धुवाँले वरिपरिका बस्तीमा वायु प्रदूषण हुनाका साथै खेतबारीमा लगाएको तरकारीबालीमा समेत असर गरेको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए । उनले भने – “‘कृषि शहर पाँचखाल नगर’ भनेर चिनिएका पाँचखालको उत्पादनलाई धुवाँका कारण निकै नोक्सान पु¥याएको छ ।”
स्थानीयवासी चेतनाथ दंगालले भट्टाबाट निस्कने धुवाँका कारण सुतेका बेला राति सास फेर्न गाह्रो हुने गरेको बताए । “बिहान त हुस्सु लागेको जस्तो आकाश नै डम्म बादलले ढोकेको हुन्छ, बगैँचामा आँप, लिचीलगायतका फलफूलका फूल फुल्न छोडिसक्यो,” दंगालले भने – “यस्तो अवस्थामा हामी कसरी बाँच्ने र खेती गर्ने ?”
स्थानीय ढकनारायण पराजुलीले इँटा भट्टालाई सार्न अथवा सुधार्नका लागि अपनाउनुपर्ने विधिका विषयमा छलफल गर्न खोज्दा उल्टै धम्क्याउने गरेको बताए । “भट्टाको विषयमा कुरा गर्नका लागि सञ्चालकहरु कहिल्यै नआएको र बीचमा फाइदा खाने ठेकेदारहरु अगाडि सरेर सबैलाई तर्साउने र धम्क्याउने गरेका छन्”, पराजुलीले भने । भट्टा सञ्चालकले डिप बोरिङ गरेका कारण भएका पुरानो इनारसमेत सुकेको उनकाे भनाइ छ ।
अर्का स्थानीय बासिन्दा नवराज ढकालले पहिलादेखि नै इँटा भट्टाको विषयमा बारम्बार आवाज उठाइरहेको भएपनि कुनै सुनुवाइ नभएको र अहिले जनप्रतिनिधि आएपछि केही होला कि भन्ने सोचेको तर त्यसअनुसार आफूहरुले सुधार नपाएको बताए । “नगर प्रमुखले शुरुमा भट्टा जसरी भए पनि हटाउँछौँ भनेका थिए ।, अहिले भने कुनै प्रतिक्रिया दिएक छैनन् ,” उनले भने, “इँटा भट्टाबाट निस्केको धुवाँले वातावरण प्रदूषण गरेकै कारण आफूले लगाएको आँपको बगैँचामा अहिले आँप फल्न छोडेको छ ।”
आफूहरुको मागको कुनै सुनुवाइ नभएपछि भट्टा सञ्चालन, ठेकेदार, स्थानीय बासिन्दा र नगरका प्रमुख, उपप्रमुखलगायत वडाका सबै जनप्रतिनिधिको बीचमा छलफल गर्ने भनेर आयोजना गरेको अन्तक्र्रियामा समेत प्रमुख÷उपप्रमुख उपस्थित नै नभएको ढकालले बताए ।
स्थानीयवासी पूर्णबहादुर उदासले भने इँटा भट्टाले प्रदूषण गराएको साँचो भए पनि भूकम्पपीडितका लागि घर बनाउन सहयोग नै पुग्ने भएकाले भट्टा हटाउनुभन्दा पनि त्यसलाई सुधार गरी अगाडि बढ्नुपर्ने बताए ।
विद्यालयको छेउमै इँटा भट्टा
पाँचखाल नगरपालिका वडा नं १२ स्थित आँपघारीमा सञ्चालित जय भीमसेन इँटा उद्योग भुवनेश्वरी निम्न माध्यमिक विद्यालयभन्दा करीब ५० मिटरको दूरीमा रहेको छ ।
त्यही भट्टामा विद्यालयका विद्यार्थी इँटा ओसार्न गर्न जाने गरेको विद्यालयले जनाएको छ । भट्टा विद्यालय नजिक सञ्चालन हुनु र अर्कोतर्फ विपन्न समुदायका विद्यार्थी पैसाकै लोभमा इँटा ओसार्न जाने गरेको विद्यालयका शिक्षक जगन्नाथ धिमालले बताए विद्यालयका प्रधानाध्यापक बलबहादुर कुँवरले इँटा भट्टाका कारण विद्यालय र गाउँलाई नै असर गरिरहेको बताए । “हामीले जति समस्या उठाए पनि उनीहरुकाे उद्योग सञ्चालन भइरहेको छ,” कुँवरले भने – “विरोध गर्नुको कुनै अर्थ भएन ।”
दश वर्ष अगाडि शुरु राखिएका इँटा भट्टाले पालना गर्नुपर्ने नियम पालना नगरी जथाभावी डिप बोरिङ गर्दा पानीसमेत सुकेका कारण स्थानीय बासिन्दा संघर्ष समिति नै गठन गरी आन्दोलन गर्दै आइरहेका छन् । संघर्ष समितिका संयोजक सूर्यबहादुर भेटवालले भने, “नगरमा भट्टाको धुवाँका कारण वातावरण निकै दूषित भयो । यहाँ सास फेर्न हावा स्वच्छ छैन । धोएर सुकाएको कपडा धुवाँका कारण कालो हुन्छ । लगाएको तरकारी बाली सुक्न थाल्यो । गाईभैँसीले घाँस खान छाडिसके ।” भेटवालले भन्नुभयो, “अब नगरलाई हरियाली शहर र कृषि नगर बनाउनका लागि पनि यो भट्टा हटाउनुको विकल्प छैन ।”
इँटा भट्टाकै कारण तरकारीबालीमा असर गरेपछि कालीमाटीमा बिक्रीका लागि पठाइएका तरकारीसमेत फिर्ता आएको स्थानीयवासी किसान बताउँछन् ।
जनगुनासो सम्बोधन हुन्छ : नगर प्रमुख
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरपालिकालाई व्यवस्थित शहर बनाउन आफूहरु लागिपरेको बताएका छन् ।
“विशेषगरी नगरपालिकाको वडा नं ७, ८, ९ र १२ मा सञ्चालन भइरहेको इँटा उद्योगले वातावरण प्रदूषण गरेर स्थानीय बासिन्दालाई असर पु¥याउनुका साथै कृषिमा समेत असर गरेको भन्ने गुनासो आएपछि मेरै संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेर त्यसका लागि आवश्यक प्रक्रिया बुझ्ने र खोज्ने काम अगाडि बढिसकेको छ,” उनले भने– “अहिले समितिले कामसमेत थालनी गरिसकेको छ, पहिलो चरणमा त्यहाँका व्यवसायीलाई बोलाएर एक चरण छलफल गरिसकेका छौँ, अब भट्टा सञ्चालनका लागि जग्गा भाडामा दिने किसानलाई बोलाएर छलफल गर्ने तयारीमा छौँ ।”
उनका अनुसार उद्योगी र स्थानीय बासिन्दासँग छलफल गरी नगरलाई स्वस्छ, हरियाली र खेतीयोग्य बनाउन नगरपालिका गम्भीर भएर लागेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












