पुरस्कारसहित मारुती सिमेन्टले मनायो ‘विश्वासको एक दशक’ कार्यक्रम
काठमाडाैं १८, असार । मारुती सिमेन्टले देशभरका विक्रेताहरुलाई समावेश गर्दै एक भव्य डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।
४५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता काठमाडौँ स्थित हायात रिजेन्सीमा आयोजित ‘विश्वासको एक दशक’ नामक कार्यक्रम भएको हो ।
सोही कार्यक्रमको अवसरमा आफ्ना डिलरहरुलाई विभिन्न विधामा सम्मान गर्ने क्रममा कम्पनीद्वारा काठमाडौँ उपत्यका क्षेत्र अन्तर्गत खुसी सप्लायर्स् एण्ड इन्भेष्ट्मेन्ट, गण्डकी धौलागिरी क्षेत्र अन्तर्गत सिद्धार्थ ट्रेडिङ (पोखरा), नारायणी अञ्चल क्षेत्र अन्तर्गत उत्सव ट्रेडर्स (नारायणघाट), कोशी पूर्व क्षेत्र अन्तर्गत अमित सप्लायर्स् (विराटनगर) र कोशी पश्चिम क्षेत्र अन्तर्गत जय भवानी जगदम्बा ट्रेडर्स (लाहान) लाई उत्कृष्ट विक्रेता पुरस्कारद्वारा सम्मान गरिएको थियो ।
यसैगरी भण्डारी सप्लायर्स् (बर्दिवास) लाई उदयीमान विक्रेता पुरस्कारद्वारा सम्मानित गरियो भने जय भवानी जगदम्बा ट्रेडर्स (लाहान) लाई नेपालकै ‘सर्वोत्कृष्ट विक्रेता’को उपाधि प्रदान गर्दै पुरस्कृत गरियो । साथै, कार्यक्रममा नेपाली सिमेन्ट उद्योगमा महत्वपूर्ण योगदान दिने श्री विनोद केशरी उपाध्यायलाई दीर्घ सेवा सम्मानद्वारा सम्मानित गरिएको थियो ।
कम्पनीका कार्यकारी निर्देशक अनुज राठीले सम्पूर्ण डिलरहरुलाई उनीहरुको मिहीनेत र सहकार्यप्रति कृतज्ञता व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा हास्य कलाकार जितु नेपाल तथा चर्चित अभिनेत्री प्रियंका कार्की सहित भारतीय स्याण्ड आर्टिस्ट, बेलायती फायर इ्याक्ट, बेली डान्स एवं एलईडि डान्स कलाकार तथा नेपाली ब्याण्ड प्रयासले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । भने पूर्व मिस नेपाल माल्भिका सुब्बाले सो कार्यक्रम संचालन गरेकि थिइन ।
Comments
अरु समाचार
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












