पाँच वर्षदेखि सडक कालोपत्र नसकिँदा यात्रु मारमा
काठमाडौँ, २२ असार । पाँचवर्ष अघि शुरु भएको चुच्चेपाटी–महाङ्कालचौर–तीनचुले–आरुबारी सडक कालोपत्र नसकिँदा सवारी र पैदल यात्रुको आवागमनका लागि असहज बनेको छ ।
पाँचवर्ष अघि गोल्डेन बुट÷कञ्चनजंघा÷पीएस जेभी कन्स्ट्रक्सनले कालोपत्र शुरु गरेको तीन किमी सडक पूरा हुननसक्दा वर्षामा हिलो र हिउँदमा धुलोले सडक छेउमा बस्न नसकिने अवस्था रहेको स्थानीय व्यवसायी रवीन्द्र सुवेदीले गुनासो गरे ।
सडक डिभिजन कार्यालय मीनभवनका सूचना अधिकारी सुशीलराज भण्डारी चुच्चेपाटीबाट महाङ्कालचौरसम्मको सडक कालोपत्र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने बताउछन् ।
“विसं २०७० ठेक्का भएको भए पनि मेलम्चीको मूल पाइप बिच्छ््याउन ढिलाइ हुँदा सडक कालोपत्र गर्न नसकिएको हो, पाइप नविच्छ््याइएको भए पहिल्यै कालोपत्र भइसक्थ्यो”–उनले भने ।
बीचमा डेढ किमी सडक कालोपत्र भए पनि महाङ्कालचौर प्रहरी बिटबाट चुच्चेपाटीसम्मको सडकको अवस्था दयनीय छ ।
काठमाडौँ उपत्यकाका खानेपानी लिमिटेड महाङ्कालचौर शाखाको कार्यालय अघि वर्षाैंदेखि खाडल बनेर पानी जम्ने गरेको छ । यसले गर्दा सवारी आवागमनमा समस्या हुन्छ । सवारीले पैदल हिँड्ने यात्रुलाई हिलो छ्याप्छ ।
तीन चुलेको नागेश्वर चोकबाट आरुबारीसम्मको सडक पनि कालोपत्र हुन सकेको छैन । यो क्षेत्रमा सीमा विवादले कालोपत्र रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलगायत स्थानीय तहका जनप्रतिनिधिको मध्यस्थतामा विवाद समाधान भएकाले यस क्षेत्रको ४०० मिटर सडक कालोपत्र गर्ने अन्तिम तयारी भएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












