उपत्यकाको तापक्रममा किन भयो एक्कासि वृद्धि, अबको तीन दिन भारी वर्षा हुने
काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।
निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो । असार १७ गते काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री थियो भने असार १४ र १५ गते ३० डिग्रीको हाराहारीमा तापक्रम कायम थियो ।
जेठको दोस्रो साता काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । मनसुन पूर्ण रूपमा सक्रिय भएसँगै गत असार १७ देखि देशैभर मध्यमदेखि भारी वर्षा भएको थियो । मनसुन न्यून चापीय रेखा नेपालमा प्रवेश गरेकाले छ, दिनसम्म निरन्तर वर्षा भएको हो । मनसुन याम खासगरी जुलाई र अगष्ठ महिनामा यस्तो मनसुनी गतिविधि केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम र साँझपख हल्का वर्षा चलिरहने मौसमविद् मीनकुमार अर्याल बताउछन् ।
रासससँगको कुराकानीमा अर्यालले भन्नुभयो–“मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने तथा मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा मनसुन ब्रेक अर्थात कम वर्षा र बढी घाम लाग्ने हुन्छ ।”
मौसमविद्को भाषामा यसलाई ‘मनसुन ब्रेक र मनसुन एक्टिभ’ पनि भनिन्छ । यद्यपि, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण वर्षा हुने विविधता ‘रेनफल भेरिविलिटी’ मा केही फरकपन आउने गरेको मौसमविद् अर्यालको भनाइछ ।
गत असार १४ गतेदेखि मनसुन देशैभर फैलिएको महाशाखाले घोषणा गरेको थियो । यस वर्षको मनसुन यही जेठ २५ (जुन ८) बाट नेपालमा प्रवेश गरेको महाशाखाले घोषणा गरेको थियो । सामान्य तह नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मलाई मनसुनको अवधि मानिन्छ ।
महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित पूर्व र पश्चिमी भेगमा बदली रहेको छ, भने साँझतिर वर्षा हुने सम्भावना छ ।
आज दिपायलको ३७, नेपालगञ्जको ३६ दशमलव ९ र धनगढीको ३५ दशमलव ९ डिग्री अधिकतम तापक्रम पुगेको महाशाखाले जनाएको छ ।
तीन दिन बदली र वर्षा
आगामी तीन दिनसम्म देशैभर बदली तथा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो ।
आज दिउँसो देशका पूर्वी र पश्चिम क्षेत्रका भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र मध्य क्षेत्रका भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ । साँझ देशभरिनै सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।
यस्तै, भोलि आइतबार दिउँसो देशभरिनै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साँझ पनि देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने देशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आगामी असार २५ गते सोमबार दिउँसो देशभरिनै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने पूर्वी तथा मध्ये क्षेत्रको एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सोही दिन साँझ पनि देशभरिनै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












