चिन्ने लाइ मोहर नचिन्नेलाइ फाेहार
लाहान २८,असार।सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ ।
बिहानै टिपेको झारपात र गोबरलाई गोडमेल गरी त्यसमा कृषि चुना प्रयोग गरेर चौधरीले जैविक मल बनाउँदै आएकिछिन । बजारमा पाइने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलकै भरमा खेती गर्दै आएकी ३२ वर्षीया चौधरी अहिले आफँैले जैविक मल तयार गरिरहेकि छिन ।
व्यावसायिक रुपमा कृषि पेशा गर्दै आएकि चौधरी अब रासायनिक मलको साटो आफैँले बनाएको जैविक मल प्रयोग गरी खेती गरिरहेकि छिन । उनिले केही वर्ष अघिसम्म उत्पादन बढाउन अत्यधिक रासायनिक मलको प्रयोग गर्दै आएकि थिईन।
“रासायनिक मलको बेफाइदा र जैविक मलको फाइदाबारे बुझेपछि जैविक मल बनाउन थालेकी हुँ,” उनिले भनिन। थोरै लगानी र मिहिनेतमा आफ्नै घरमा जैविक मल बनाउन सकिने भएपछि उनि उत्साहित छिन । जैविक मल बनाएर विषादीमुक्त खेती गर्न थालेपछि अहिले उहाँको प्रशंसा गाउँभरि हुन थालेको छ ।
दुर्गा महिला समूह कुशहाकी अध्यक्षसमेत रहेकी चौधरीले कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले सञ्चालन गरेको ग्रामीण महिलाका लागि सामाजिक, आर्थिक, सशक्तीकरण कार्यक्रमअन्तर्गत जैविक मल बनाउने तालीम लिएर घरमै जैविक मल बनाउन थालेकि हुन ।
यस्तै, सुरुङ्गा नगरपालिका–७ बसनपट्टीकी गुलाबदेवी रामले घरमै झारपातबाट जैविक मल बनाउँदै आउनुभएको छ । रासायनिक मललाई निरुत्साहित गरी खेतीपातीमा जैविक मलको प्रयोग बढाउन गाउँमै उहाँले जैविक मल बनाउन थालेकि हुन ।
“कृषि क्रान्तिमा टेवा पु¥याउने सोच पलाएपछि जैविक मल बनाएर विषादीरहित खेतीतर्फ आकर्षित भएकी हुँ,” रामले भने ।
रासायनिक मलको अत्यधिक प्रयोगबाट मानव स्वास्थ्यमा मात्र असर पार्ने होइन माटो र खेतको उर्वरा शक्तिमा समेत ह्रास आउने गरेको छ । आगामी वर्षबाट बढी मात्रामा मल उत्पादन गरी बिक्री गरेर आम्दानी गर्ने उहाँको योजना छ ।
रासायनिक मलभन्दा जैविक मलको प्रयोगबाट पर्याप्त उत्पादन हुने बुझेपछि चौधरी र रामले मात्रै होइन, सुरुङगा नगरपालिकामा गठन भएका पाँचवटा महिला समूहका अधिकांश महिला सामूहिक रुपमा जैविक मल बनाउन जुटेका छन् ।
व्यावसायिक रुपमै जैविक मल बनाउन शुरु गरेकी बलान महिला समूह कुशहाकी मञ्जु चौधरी भन्छिन, “पहिला धान, गँहु र अन्य तरकारी खेती गर्दा रासायनिक मल (युरिया, डिएपी मलकै प्रयोग हुने गर्दथ्यो, अब आफैँले तयार पारेको जैविक मल प्रयोग गर्न थालेका छौँ ।” महिलाकै सक्रियामा विषादीरहित खेतीको अभियान शुरु भएपछि गाउँका पुरुष पनि उत्साहित भएर आफूहरुको अभियानमा साथ दिन थालेको चौधरीले बताइन ।
महिला समूह बनाएपछि त्यही मार्फत समूहमै श्रीपुर्राज सामुदायिक विकास केन्द्रले जैविक मल बनाउन तालीम प्रदान गरेको हो । सहुलियत दरमा मल बनाउन प्रयोग हुने कृषि चुना उपलब्ध भएपछि उनीहरुले सामूहिक रुपमा जैविक मल बनाउन थालेका छन् ।
विषादीरहित खेती गर्ने उद्देश्यले जैविक मल बनाउन थालेका सुरुङ्गा नगरपालिकाको विभिन्न वडाका महिला समूहका १०० भन्दा बढी महिलालाई केही दिनअघि जैविक मल उत्पादनबारे जानकारी गराइएको थियो ।
घरकै काममा सीमित यहाँका महिला व्यावसायिक रुपमा जैविक मल उत्पादन गर्न थालेका छन्
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











