कृषि विश्व विश्वविद्यालयले दियो आठ निजी क्याम्पसलाई सम्बन्धन
चितवन २९,असार। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ ।
चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात क्याम्पसलाई कृषि स्नातक (बिएस सिएजी) र एउटालाई वन स्नातक (बिएससी फरेस्टी) पढाउनका लागि अनुमति दिइएको बताए।
उनले अनुसार कृषि स्नातकमा सम्बन्धन पाउनेमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत छन् । त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँडाकोटले सम्बन्धन पाएको छ ।
ढकालका अनुसार सबै कलेजले ५०–५० विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चार आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । आउँदो शैक्षिकसत्रसम्म थप चार आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताए । विश्वविद्यालयले सिनेटमा निर्णय गरी १० आंगिक क्याम्पस खोल्न गत वर्ष विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव पेश गरेकामा आयोगले सात आंगिक क्याम्पस स्थापनाका लागि अनुमति दिएको थियो ।
त्यसअघि नै विश्वविद्यालयको एउटा आंगिक क्याम्पस सञ्चालनमा आइसकेको थियो । उपकुलपति ढकालले निजी सम्बन्धन पाएजति नै आंगिक क्याम्पस आउँदो शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी भइरहेको बताए । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनले भने निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने जनाउँदै विरोध जनाएका छन् । उनीहरुले विश्वद्यिालयमा गरेको तालाबन्दी बिहीबार साँझ प्रहरीले फोरेको थियो । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि विसं २०६७ मा सो विश्वविद्यालय स्थापना गरेको हो।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












