त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द
नुवाकोट २९,असार। त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।
जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पुर्याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द छ ।
विद्युत् उत्पादन गर्न सकिने भए पनि मर्मतका लागि बन्द गर्नुपर्ने बाध्यताले मंगलबार अपराह्नको आगलागीलगत्तै त्रिशूली र बुधबारदेखि देवीघाट जलविद्युत् केन्द्र बन्द गरिएको त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए।
आगलागीबाट क्षति पुगेका टर्बाइनको मर्मतमा नेपाल विद्युत् प्राधिकरणका १५ जनाभन्दा बढी प्राविधिक खटिएको भट्टले बताए।
उनका अनुसार आगोले क्षति पुगेका ब्रेकर भैरहवा सवस्टेशनमा मौजुदा रहेकाले त्यहाँबाट ल्याउन पहल भइरहेको छ ।
“पूर्णक्षति भएका उपकरणको लगत लिएर सामग्री मगाएका छाैँ।” उनले भने, “आगो निभाउन फायर एक्सटिनगुइसर ग्यास पर्याप्त नभएपछि दमकलमार्फत पानीसमेत प्रयोग भएकाले त्यसको कारण क्षति पुगेका उपकरण कति भन्ने यकिन हुन अझै बाँकी छ ।”
उनका अनुसार प्रारम्भिक लगतको आधारमा रु एक करोडभन्दा बढी क्षति पुगेको छ । त्रिशूली जलविद्युत् केन्द्र मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले त्यसको निकास पानीबाट सञ्चालनमा रहेको देवीघाट जलविद्युत् केन्द्र पनि बन्द गरिएको हो ।
बन्द भएका दुई जलविद्युत् केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको र सो अवरुद्ध हुँदा दैनिक रु ५० लाखभन्दा बढीको विद्युत् उत्पादन रोकिएको त्रिशूली जलविद्युत् केन्द्रका वितरण शाखा प्रमुख सन्तोष कुमारले जानकारी दिए।
उनका अनुसार क्षति पुगेका उपकरण मर्मत गर्न कम्तीमा एकसाता लाग्ने देखिएपछि यहाँका केन्द्रमार्फत वितरण भएको विद्युत्लाई बुधबार साँझदेखि राष्ट्रिय ग्रिडमार्फत जडान गरी विद्युत् सञ्चालन गरिएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












