पर्यटकीय नगरी सौराहामा प्रवेशद्वार निमार्णको काम तीव्र
चितवन ३१,असार । पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने बूढीराप्ति पुलमा प्रवेशद्वार निर्माणलाई तीव्रता दिइएको छ ।
पर्यटकीय क्षेत्र प्रवेश गरेको अनुभूति दिलाउने गरी तीन वर्षअघि प्रवेशद्वार निर्माण थालिएको भए पनि कामले पूर्णता पाएको थिएन । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार नेपाल पर्यटन बोड र स्थानीय संघ संस्थाको सहयोगमा प्रवेशद्वार निर्माण थालिएको हो ।
प्रवेशद्वार निर्माण समितिका संयोजक नारायण भट्टराईका अनुसार तीन वर्षअघि काम थालेको भए पनि बजेटको अभावमा सुस्तगतिमा काम भएको थियो ।
हालसम्म पर्यटन बोडले रु २० लाख र स्थानीय निकाय एवं संघ संस्थाले अरु सहयोग जुटाउँदै छन् । भट्टराईले आउँदो चार महिनाभित्रमा स्थानीय तहमा अपुग बजेट संकलन गरी काम सम्पन्न गरिने बताए ।
काम सम्पन्न गर्दा रु ४५ लाखको हाराहारी खर्च हुने अनुमान गरिएको उनले बताए। प्रवेशद्वारको बाहिरी भागमा काठ टाँसेर त्यसमा जनाबरको आकृति कुँदेर आकर्षक बनाइने छ ।
प्रवेशद्वारको दुबै तर्फ गैँडाको मूर्ति राखिने छ । प्रवेशद्वार सम्पन्न हुँदा निकै आकर्षक र महत्वपूर्ण पर्यटकीय क्षेत्रमा प्रवेश गरेको अनुभूति हुने भट्टराईले बताए। प्रवेशद्वार छिरेसँगै पर्यटकीय क्षेत्र सौराहाका होटल शुरु हुने छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












