भक्तपुरको बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर ३१, असार । असार २७ देखिको अविरल वर्षापछि आएको बाढीले प्रभावित हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एशोसियशन नेपाल र डिक्यानद्वारा संयुक्त रुपमा सरसफाई तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
बाढीबाट प्रभावित ती क्षेत्रमा स्थानीय जनजीवन अस्तव्यस्त भएका कारण विगत केही दिनदेखि स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै आइरहेकाले स्वास्थ्य शिविरमा पानीजन्य रोगको रोकथामको लागि पियुस लगायत पानी स्वच्छ बनाउने औषधी एवम् जीवनजल समेत निःशुल्क वितरण गरियो ।
कार्यक्रममा रुक्माङ्गत कटुवाल ट्रष्टका अध्यक्ष तथा नेपाली सेनाका पूर्व महारथी रुक्माङ्गत कटुवाल र सल्लाघारी एलुम्नाई एशोसियशन नेपालका अध्यक्ष नेपाली सेनाका पूर्व उपरथी ताराबहादुर कार्कीको उपस्थिति रहेको थियो ।
शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा २०० भन्दा बढी स्थानीयवासीहरुले स्वास्थ्य परीक्षण गराउनुका साथै जीवनजल र बोतल पियुस निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक डा। राजेन्द्र केसीले बताए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












