जाइका को सहयोगमा रालुका मा बि :पुन निर्माण
नुवाकोट ३२, असार , जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ ।
तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पुर्याएको विद्यालयको भवन रु तीन करोड ८९ लाख १७ हजार लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की भवन र विद्यालयका लागि आवश्यक पर्ने फर्निचरलगायतका सहायता सामग्री गाउँपालिकाको उपाध्यक्ष ईश्वरी उप्रतीले विद्यालय व्यवस्थापन समितिका सदस्य डोलकुमारी थापा ‘जानुका’लाई हस्तान्तरण गरे ।
भवनको साँचो र निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गर्दै उपाध्यक्ष उप्रेतीले भूकम्पले क्षति पुगेको विद्यालयको लागि चाहिने सबै शैक्षिक सामग्रीसहितको संरचनाको निर्माण पूरा भएकाले अब विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीचको समन्वयमा गुणस्तरीय शिक्षा प्रवाहमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का जिल्ला प्रमुख वैकुण्ठ सुवेदीले भूकम्पले क्षति पुगेका विद्यालय निर्माणको कार्यलाई तीव्र गतिमा अघि बढाइएको जानकारी दिए ।
उनको अनुसार जापान सरकारको ऋण सहयोगमा ‘आपत्कालीन विद्यालय पुर्ननिर्माण’ कार्यक्रममार्फत केन्द्रीय ठेक्का प्रणालीबाट सम्झौता भएको रालुका माविसहित ५७ विद्यालयमध्ये केहीको निर्माण सम्पन्न नजिक र केही ठेक्का प्रणालीमार्फत काम शुरु गर्न लागिएको छ ।
जाइकामार्फत जिम्मेवारी पाएको डिजाइन एण्ड सुपरीभिजन कन्सल्टेनका जिल्ला अनुगमन इञ्जिनियर गणेश कँडेलका अनुसार जापान सरकारको सहयोगमा निर्माण गर्न लागिएको ५७ मध्ये श्यामसुन्दर र गुलिभर जेभीले निर्माण गरेको रालुका मावि पहिलो भएकाले बाँकी विद्यालयको भवन पनि छिट्टै सम्पन्न हुने गरी कामलाई तीव्र बनाइएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












