सेनाको हेलिकोप्टर डा.केसीलाई लिन पुग्यो जुम्ला, केसी समर्थकको अवरोध
काठमाडौं ३, साउन । जुम्ला मा २० दिन देखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला पुगेको छ ।
डा. केसीलाई लिन डा. गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको छ । शिक्षमन्त्री पोखरेलका अनुसार डा. केसीलाई काठमाडौं ल्याएपछि त्रिवि शिक्षण अस्पतालमा राखिने छ।
केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो ।
यसैबीच, जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारले आफ्नो माग पुरा नगरी अपहरण गरेर काठमाडौं लैजान लागेको बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार साँझ बसेको बैठकले डा. केसीलाई काठमाडौं ल्याउने निर्णय गरेपछि उनले जुम्लाबाट अडियो सन्देश पठाउँदै सरकार माग पुरा गर्नेतर्फ भन्दा पनि अनसन तुहाउने तर्फ लागेको आरोप लगाएका हुन्।
उनका समर्थकहरुले पनि अवरोध खडा गरेका छन् । चिकित्सक र सर्वसाधारण सरकारले मानव साङ्लो बनाएको केसीनिकट चिकित्सक विषद् दाहालले जानकारी दिए ।
शिक्षामन्त्री पोखरेलले भने डाक्टर आफैंले डाक्टरहरुको सेवा नै लिन्न, काठमाडौं आउँदिन भन्नु अनौठो भएको भन्दै डा. केसीलाई केही भए उनी स्वयंम र कर्णाली लैजानेहरुले जिम्मा दिनु पर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












