वानेश्वरमा यसरी हुन पुग्यो झडप, १५तस्बिरमा हेर्नुहोस्
काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वानेश्वरमा भएको प्रदर्शनका क्रममा झडप भएको छ । नयाँ वानेश्वर चाेकमा केसी समर्थक र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्र तोड्न खाेज्दा झडप भएको हो । प्रहरीले केहि राउण्ड अश्रुग्यास पनि प्रहार गरेको छ ।
माइतीघरबाट प्रदर्शनकारी नयाँ वानेश्वरतर्फ अघि बढ्दै गर्दा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएकाे हाे ।झडपका क्रममा एक प्रहरी र केहि प्रदर्शनकारी घाइते भएको बताइएको छ । यस्तै प्रदर्शनकारीले तीन वटा गाडी पनि तोडफोड गरेकाछन् ।चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था सराकारवाला लगायतले प्रर्दशन गरेका हुन् ।
प्रदर्शनमा विवेकशिल साझा पार्टीका रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधीश शुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, नयाँ शक्ति पार्टीका हिसिला यमी,कलाकार करिष्मा मानन्धर लगायत अधिकारकर्मी, कानुनव्यवसायी, नागरिक समाजका अगुवा तथा डाक्टर केसीका समर्थकहरु सहभागी भएका थिए । प्रर्दनशकारीले माथेमा अायाेगकाे प्रतिवेदन कार्यान्वय गर, डाक्टर केसीको माग पुरा गर भन्ने प्ले कार्ड बाेकेका थिए ।
गुणस्तरीय शिक्षाको पहुँच कायम गर ” लगायतका नारा लगाएका थिए ।यस्तै केसीकै समर्थनमा माइतीघरमा कांग्रेसको भातृ संगठन तरुण दलले पनि प्रदर्शन गरेको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...














