ताजा समाचार

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

काठमाडौँ, ६ साउन । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ ।

सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष थिए । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गरेका थिए । पिसाबसम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएकामा उनलाई निमोनिया रोग पनि देखिएको थियो । उहाँको निधन भने हृदयाघातका कारण भएको महासंघका महासचिव अस्मिता भण्डारीले राससलाई जानकारी दिए ।

सिंहको शव अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पशुपति वनकालीस्थित हंसमण्डपमा राखिएको छ । उनका तीन छोरा छन् । स्व सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org