टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय
काठमाडौँ ९, साउन । गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् ।
गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते नै हस्तान्तरण गरी सञ्चालन गर्न सक्ने गरी स्मारक तयार भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवम् भवन महाशाखा प्रमुख मणिराम गेलाल स्मारक सञ्चालन कार्यविधिको मस्यौदा तयार नभएकाले सञ्चालनमा ढिलाइ भएको स्वीकार्छन ।
“स्मारक जेठ पहिलो साता नै तयार भए पनि आर्थिक वर्षको अन्त्य भएकाले कार्यविधिको मस्यौदा गर्न सकिएन, कार्यविधि मस्यौदा गरेर चार महिनासम्ममा शहरी विकास मन्त्रालयमा पेश गर्छौं, निर्णय भएपछि स्मारक सञ्चालनमा आउँछ”, उनले भने ।
कार्यविधिमा सञ्चालन गर्न कसलाई दिने, कसरी सञ्चालन गर्ने र स्मारकभित्र के के राख्ने आदि विषय समावेश गरिने विभागले जनाएको छ । स्मारकको आन्तरिक सजावटको बोलपत्रसमेत भएको छैन । विभागले रु ४२ करोडको लागतमा नारायणहिटी दरबार संग्रहालयको ३५ रोपनी क्षेत्रफलमा स्मारक निर्माण गरेको हो ।
मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैँचा सहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो । शहीदको भावना सम्झने स्थलका रुपमा स्मारक निर्माण गरिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर मचाकाजी महर्जनले राससलाई जानकारी दिए ।
स्मारकमा अंगभंग भएका, बेपत्ता पारिएका, ज्यान गुमाएका र हराएका चार किसिमका प्रतीकात्मक स्तम्भ तयार भएको छ । तयार भएका संरचनाको मर्मत एवम् बाह्य सजावटका काम भइरहेको निर्माणको जिम्मेवारी पाएको विकोई-स्काई-बंगलामुखी जेभीका रोशन श्रेष्ठले बताए ।
स्मारकसँगै निर्माण गर्ने घोषणा गरिएको गणतन्त्र स्तम्भ बन्ने अझै टुंगो छैन । स्तम्भ निर्माण गर्न रु दुई अर्ब लागत लाग्ने अनुमान गरिएकाले अहिले आधारभूत आवश्यकतामा पर्न नसकेको हुनसक्ने विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर महर्जनले बताए । स्तम्भका लागि चालू आर्थिक वर्षमा पनि बजेट छुट्याइएको छैन ।
मन्त्रिपरिषद्ले त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगैको जग्गामा स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो । स्तम्भको ड्रइङ डिजाइन तयार भए पनि बजेटको अभावमा काम अघि बढ्न नसकेको विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












