रसुवामा पहिरोमा पुरिएर चार जनाको मृत्यु
रसुवा १०, साउन । गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गापा–४ का ३५ वर्षीय रमेश भनिने सुश खड्का रहेका छन् ।
पहिरोमा परी बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी रहेको र खोज उद्धारका लागि रसुवागढी हाइड्रोपावरका उपकरण तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उद्धारकार्य प्रभावकारी बनाउन प्रजिअ कृष्ण पौडेललको नेतृत्वमा सुरक्षा निकायसमेतको परिचालन गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले उद्धारमा आवश्यक सहजीकरण गरिराखेका छन् । स्थानीयवासीका अनुसार करीब चार किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्नुका साथै तीन वटा छाप्रा होटेल र साना ठूला चारवटा सवारीसाधन पूर्णरुपमा पुरिएकोे छ । अहिले स्याफ्रु रसुवागढी खण्डको राजमार्ग अवरुद्ध भएको छ ।
पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पुरेको छ । पहिरोका कारण विद्युत्, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












