भुकम्प र पहिरोले भक्तपुरका चार घरपरिवार विचल्लीमा
भक्तपुर, ११ साउन । चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पु¥याएको थियो ।
भूकम्पले क्षति पु¥याएको माथिल्लो तल्लाको ममर्तपछि धर्मराजको चार जनाको परिवार सोही घरमा बस्दै आएपनि गत असार २७ गते परेको अविरल वर्षाका कारण घर अगाडिको डिलमा गएको पहिरोले सो घर उच्च जोखिममा परेपछि अहिले उनी घरबारविहीन बनेका हुन्।
उनीजस्तै पुरी टोलका सानुकान्छा पुरी, विश्वनाथ पुरी र कुवेर पुरीको घर समेत पहिरोको उच्च जोखिममा परेको छ । कुवेरको निर्माणाधीन दुई तले घरसमेत पहिरोको जोखिममा परेपछि अहिले उनी विचल्लीमा परेका छन् । “भुइचालोले पुरानो घरमा बस्न नहुने भएपछि जग्गा बेचेर नयाँ घर बनाइएकामा त्यो पनि निर्माण पूरा नहुँदै पहिरोले लाने खतरा भयो,” उनले भने ।
घर अगाडिको डिलमा पहिरो जाँदा पुरीटोलका चार परिवारको आँगन र घर समेत चिरा परेको छ । पहिरोका कारण कुनै पनि बेला घर भत्किन सक्ने सम्भावना बढेपछि चारै परिवारलाई सुरक्षित बासका लागि नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको पहलमा जिल्ला शाखाले टेन्ट उपलब्ध गराएको छ ।
पहिरोका कारण घर र आँगनमा चिराचिरा परेपछि प्रति परिवार एकएक वटा टेण्ट उपलब्ध गराइएको उपशाखाका सभापति विदुर नेपालले जानकारी दिए ।
त्रिपलआर परियोजनाअन्तर्गतको च्याम्हसिंह सुडाल सडकको ट्रयाक खन्ने क्रममा बनेको डिलमा पहिरो गएका कारण पुरी टोलका चारै परिवारको घर जोखिममा परेको पीडित धर्मराजले बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











