६० बर्ष देखि म्याद थपेको थप्यै, अझै बनेन कान्ति लोकपथ
काठमाडाैं १८,साउन ।कान्ति लोकपथ यस वर्ष पनि सम्पन्न हुन सकेन । तोकिएको समयमा काम नसकिएपछि कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ । १ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिए ।
‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पु¥याइएको छ । केही काम बाँकी रहेकोले म्याद थप्नुपरेको हो,’ इन्जिनियर भट्टको दावी थियो ।
आगामी दुई हप्ताभित्र १ वर्षकै म्याद थपिने बताउँदै उहाँले अघिल्लो आर्थिक वर्षभित्र नै काम सकी काठमाडौं–मकवानपुर (हेटौडा)मा सवारी गुडाउने लक्ष्य भए भए पनि पूरा नभएको स्वीकारे ।
छोटो दुरी भएकाले कम समयमै आउन जान सकिने हुँदा सरकारले यसलाई बैकल्पिक मार्गको रुपमा विशेष प्राथमिकतामा दिँदै आएको छ ।
स्थानीय बासिन्दाले भने म्याद थपिए पनि अझै सडक निर्माण कार्य पूरा हुनेमा आशंका गरेका छन् । उनीहरू भन्छन् –सुख्खा पहिरो, कडा चट्टानी भू–बनोट, अहिलेको ठूल्ठूलो पहिरो जस्ता समस्याले यस्तो शंका उव्जाएका हो ।’
तीनपाने भञ्ज्याङदेखि झाँक्री डाँडा हुँदै भट्टेडाँडासम्म सुख्खा पहिरो खसिरहँदा काम प्रभावित भैरहेको छ भने भट्टेडाँडादेखि करिब ७ किमि खण्डमा कडा चट्टान फुटाउन नसकिँदा अहिले पनि सिङगल लेनमा सवारी साधन गुडाउनुपरेको छ । उक्त खण्डमा रहेको कडा चट्टानको भाग फुटाउन ५ मेट्रिक टन बिस्फोटक पदार्थ चाहिने बताइन्छ ।
कुल ९० किमि सडक खण्ड योजनाको भनिए पनि योजनाले ललितपुरको टिकाभैरब पुलदेखि मकवानपुर खण्डको बुद्धचोकसम्म ७९ किमि सडक विस्तार गर्नुपर्दछ । त्यसमध्ये २० किमि कालोपत्रे भएको योजनाले जनाएको छ । साँढे १७ किमि मकवानपुर र साँढे २ किमि ललितपुर खण्डमा कालोपत्रे भएको छ । ६० किमि सडक खण्ड कालोपत्रे गर्ने तयारीमा रहेको इन्जिनियर भट्टले बताए ।
सरकारले यस योजनाका लागि चालु आर्थिक वर्षमा ६० करोड बजेट छुट्याएको छ । विस २०१३ सालमा ट्रयाक खोलिएको यस मार्गमा २०७१÷७२ देखि बहुबर्षिय ठेक्का लगाइएको थियो । बहुबर्षिय ठेक्का सुरु भएदेखि यस सडक खण्डमा अहिलेसम्म १ अर्ब ३४ करोड ७६ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












