कामु प्रधानन्यायाधीश मिश्रले तोके पेशी
काठमाडौँ २०, साउन । सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशको हैसियतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गरेका छन्। संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम् न्यायाधीश मिश्र कामु प्रधानन्यायाधीशकोे हैसियतले आज मुद्दाको पेशी तोकेर काम शुरु गरेका हुन् ।
जोशीलाई प्रधानन्यायाधीश हुन समितिले अयोग्य ठहर गरेपछि उनी आजबाट छुट्टीमा बसेकाले मिश्रले कामुका प्रधानन्यायाधीशको हैसियतमा काम शुरु गर्नुभएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए ।
न्याय सम्पादनका क्रममा अदालतमा बसेर स्वतन्त्र, सक्षम र विकृतिहीन न्यायपालिका बनाउन उचित भूमिका निर्वाह गर्न नसेको भन्ने प्रश्न उठेपछि जोशीलाई न्यायाधीशका रुपमा काम गर्न पनि नैतिक संकट परेकाले उनी बिदामा बसेका हुन् ।
संवैधानिक संटक छैनः कानूनविद्
संसदीय सुनुवाइ विशेष समितिले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीश बन्न अयोग्य ठहर गरेपछि केही कानून व्यवसायीले संवैधानिक संकट उत्पन्न हुने आशंका व्यक्त गरेका छन् ।
कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनले शुक्रबार प्रेस विज्ञप्ति नै जारी गरेर समितिले न्यायालयमाथि ठाडो हस्तक्षेप गरेको हुँदा न्यायालयमा संवैधानिक संकट उत्पन्न हुन सक्ने उल्लेख गरेको थियोे ।
एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले कुराकानीका क्रममा भने– ‘सुनुवाइका क्रममा अर्को प्रस्तावित प्रधानन्यायाधीशको पनि नाम अस्वीकृत हुन सक्छ, समितिले के के विषयमा सुनुवाइ गर्ने हो, त्यसमा क्षेत्रधिकार नै तोकेर अघि बढ्नुपर्छ ।’
पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीको सुनुवाइ नै संवैधानिक परिषद्को सिफारिशमा उक्त समितिले गर्ने भएकाले कुनै पनि संवैधानिक संकट उत्पन्न नहुने तर जोशीले राजीनामा दिएरै बस्न उपयुक्त हुने सुझाव दिए ।
‘प्रधानन्यायाधीश हुन योग्य छ छैन भन्ने कुरा समितिको संवैधानिक अधिकार हो, श्रीलंकामा पनि एकजनालाई प्रधानन्यायाधीशमा अयोग्य साबित गरेकाले उनले राजीनामा दिएर बसेको उदाहरण छ, विश्वका धेरै यस्ता उदाहरण छन्, नेपालमा मात्र नयाँ हो’, उनले भने ।
समितिले कामको मूल्याङ्कन गरेर निर्णय गरेपछि न्यायाधीशका रुपमा पनि काम गर्न नैतिक संकट हुने उल्लेख गर्दै उनले थपे, ‘सार्वभौम संसदीय समितिले प्रधानन्यायाधीश बन्न अयोग्य छ भनेको व्यक्तिले न्यायाधीशका रुपमा इजलासमा बसेर न्याय सम्पादन गर्दा नागरिकले के बुझन्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।’
वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीका अनुसार समितिले जोशीलाई अयोग्य ठहर गरेपछि न्याय परिषद्ले सिफरिस गरेको वरिष्ठतम्का आधारमा ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर जवरामध्ये एकलाई संवैधानिक परिषद्ले सिफारिश गर्न सक्ने कानूनी व्यवस्था छ । जोशी अयोग्य हुँदैमा संवैधानिक संटक उत्पन्न हुने देखिँदैन ।
अमेरिकामा तीन मतदानबाटै अयोग्य ठहर
नेपालको संसदीय सुनुवाइको इतिहासमा प्रस्तावित प्रधानन्यायाधीशलाई मतदानबाट अयोग्य साबित गरेको पहिलो घटना भए पनि अन्य विकशित मुलुकका लागि भने यो नौलो घटना होइन । संयुक्त राज्य अमेरिकाको २३१ वर्षको इतिहासमा तीन प्रधानन्यायाधीश र नौ न्यायाधीशलाई सिनेट (संसद्को माथिल्लो सदन) ले मतदानबाट नै अयोग्य ठहर गरेको छ ।
‘अमेरिकी संविधानको मस्यौदा गर्ने संविधान विज्ञ रुट लेजलाई सन् १९९५ मा तत्कालीन राष्ट्रपति जर्ज वासिङ्टनले प्रधानन्यायाधीशका रुपमा सिफारिश गर्नुभयो’, वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले भने , ‘तर सिनेटले अयोग्य ठहर गर्यो ।’ सिनेटले अमेरिका र बेलायत बीचमा सन्धि हुँदा बेलायतको पक्षमा लागेको भनेर मतदानबाट अयोग्य ठहर गरेको थियो । त्यो घटना अमेरिकाको इतिहासमा छ ।
अमेरिकामा २३१ वर्षको इतिहासमा १७ जना प्रधानन्यायाधीश भएका छन् । त्यहाँ एक प्रधानन्यायाशीले झण्डै १४ वर्षसम्म काम गर्छन् । अठार न्यायाधीशलाई एउटा राष्ट्रपतिले नियुक्त गरेकामा अर्को राष्ट्रपति बहाली भएपछि तिनलाई हटाइएको थियो
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












