बीमा कम्पनीका शेयरः बजार घटे, शाख घटेन
काठमाडौँ २१, साउन । धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ ।
निर्जीवन बीमा र जीवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले विगतको तुलनामा केही घाटा व्योहोरेका छन् । अरु कम्पनीका तुलनामा भने उनीहरुको लगानी हालसम्म कम जोखिममा नै रहेको छ । दोस्रो बजारमा शेयर खरिद गर्नेले केही घाटा व्योहोरेको भए पनि साधारण शेयर खरिद गर्नेलाई भने बीमाको शेयरले केही फरक परेको छैन । नेपालमा बीमाको अझै ठूलो बजार रहेको र आम नागरिक सहभागी भइनसकेकाले लगानीको अवसर बढी छ ।
स्टकका अनुसार जीवन बीमा गर्दै आएका एसियन लाइफ इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ६३० मा कारोवार भइरहेको छ । सो कम्पनीको शेयर गत वर्षको तुलनामा रु ९९८ मा घटेको छ । गत वर्ष सो कम्पनीको शेयर रु एक हजार ६२८ मा कारोवार भएको थियो ।
यस्तै जीवन बीमा गर्दै आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ८३६ मा कारोवार भइरहेको छ । यो कम्पनीको पनि गत वर्षको तुलनामा ठूलो कमी आएको हो । गत वर्ष रु एक हजार १६९ मा कारोवार भएको शेयर आइतबार भने प्रतिकित्ता रु ३३३ ले घटेर रु ८३६ कायम भएको छ ।
यस्तै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ६०० मा कारोवार भइरहेको छ । गत वर्षको साउनमा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ४१६ मा खरिद बिक्री भएको थियो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ७६२ मा कारोवार भइरहेको छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर रु दुई हजार ४० मा खरिद बिक्री भएको थियो ।
स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार १२ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० मा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार २३६ मा खरिद बिक्री भएको थियो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने केही कमजोर रहेको छ । सो कम्पनीको शेयर रु ५१४ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० गते सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ७०० मा कारोवार भएको थियो ।
सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्तिा रु ५५२ मा खरिद बिक्री भइरहेको छ । सो कम्पनीको गत वर्ष एक हजार १७० मा खरिद बिक्री भएको थियो । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा विगतको तुलनामा बीमा क्षेत्रको शेयरमा कमी आए पनि लगानीकर्ताको विश्वास भने कायमै रहेको बताउँछन् ।
उनले भने, ‘बीमा क्षेत्रमा लगानीको अझै ठूलो अवसर छ । धेरै ठाउँमा बीमा पुग्न सकेको छैन । गत वर्षको तुलनामा बीमा कम्पनीका शेयर केही घटे पनि लगानीकर्ताको विश्वास भने उस्तै रहेको छ ।’ बीमा क्षेत्रलाई अझै व्यवस्थित गर्नसके लगानीका थप अवसर सिर्जना हुने उनको भनाइ छ ।
निर्जीवन बीमातर्फ हिमालयन जनरल इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ४२६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर रु ८२० मा खरिद बिक्री भएको थियो । आइएमइ जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ८०३ मा खरिद बिक्रीमा छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर रु एक हजार २६० मा खरिद बिक्री भएको थियो ।
लुम्बिनी जनरल इस्योरेन्सको शेयर रु ५१६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार १० मा खरिद बिक्री भएको थियो । यस्तै नेको इन्स्योरेन्सको प्रतिकित्ता रु ५२०, एनएलजीको रु ८४२, प्रभु इन्स्योरेन्सको रु ४९७, प्रिमियर इन्स्योरेन्सको रु एक हजार ४८ र प्रुडेन्टियल इन्स्योरेन्सको रु ७३३ मा कारोवार भइरहेको छ ।
यस्तै राष्ट्रिय बीमा कम्पनीको शेयर प्रतिकित्ता रु १० हजार ३५६ मूल्यमा खरिद बिक्री भइरहेको छ । गत वर्ष सो कम्पनीको शेयर रु १७ हजार ८०० मूल्यमा खरिद बिक्री भएको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर रु एक हजार ३२५ मा खरिद बिक्री भइरहेको छ ।
गत वर्ष रु एक हजार ७६० मा खरिद बिक्री भएको थियो । शिखर इन्स्योरेन्स कम्पनीको शेयर रु ९१७ मा खरिद बिक्री भइरहेको छ । सिद्धार्थ इन्स्योरेन्सको रु ६६० र युनाइटेड इन्स्योरेन्सको शेयर प्रतिकित्ता रु ८१७ मा खरिद बिक्री भइरहेको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












