धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख
काठमाडाैँ २३, साउन । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस- सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरेवापतको रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशनसमेत दिएको छ ।
‘वीर अस्पतालको सरसफाइ गर्ने क्रममा धुर्मुस -सुन्तली फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । जस अनुसार कुल एक करोड नौ लाख रुपैयाँ खर्च भएकोमा मन्त्रालयले हाललाई ६९ लाख ८६ हजार रुपैयाँ दिने निर्णय गरेको हो’, स्वास्थ्य मन्त्रालय, निति, योजना तथा कार्यान्वयन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने ।
मन्त्रालयसँग उक्त रकम नभएका कारण हाललाई मन्त्रालयले वीर अस्पतालमार्फत नै उक्त रकम लिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले भने मन्त्रालयबाट पठाएको पत्रबारे जानकारी नभएको बताए । ‘त्यो पत्र आएको भन्नेबारे मलाई जानकारी भएन । यदि आएको रहेछ भने बसेर चर्चा गरौला’, उनले भने
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











