दोलाखामा पहिरोले पुरिएर दुईजना गम्भीर घाइते, पुरै गाउँ पहिरोको जोखिममा
काठमाडाैँ २३, साउन । दोलाखा जिल्लाको विगु गाउँपालिका– ३ बुलुङमा पहिरोमा पुरिएर स्थानीयवासी अन्दाजी ४० वर्षीय श्याम श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मध्यराति करीब १२ बजे माथिबाट आएको पहिरोले उनीहरु बसेको घर पुरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारार्थ सिङ्गटी ल्याइएको छ ।
बुलुङको सबै गाउँ पहिरोको जोखिममा परेको छ । पहिरोले सिङ्गो वडामा क्षति पु¥याएकाले अनुगमन भइरहेको र क्षतिको विवरण संकलन हुन अझै केही समय लाग्ने विगु गाउँपालिका–३ का अध्यक्ष श्रीराम खड्काले बताए । वडाभरिका करीब ६०÷७० घर पहिरोको जोखिममा परेको जानकारी आएको खड्काले बताए ।
पहिरोले साविक बुलुङ गाविस– ७ पाइनगाउँमा पनि ३३ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । स्थानीय केशर लामाले दिएको जानकारीअनुसार माथिबाट पहिरो र तलबाट खोलाले तानेपछि सो क्षेत्रका ३३ घरपरिवार जोखिममा परेका हुन् । स्थानीय असली तामाङ र डम्बरे तामाङको घर उच्च जोखिममा रहेको उहाँले बताए । बुलुङकै भिरमुनीमा पनि सात आठ घर पहिरोको जोखिममा परेको स्थानीयवासी भुवन बरालले जानकारी दिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












