काठमाडाैँमा माैसमी आँखा पाक्ने रोगको संक्रमण फैलिँदै
काठमाडाैँ २४, साउन । मनसुन बढेसँगै काठमाडौं उपत्यकामा मौसमी आँखा पाक्ने रोगको संक्रमण फैलिएको आँखा रोग विशेषज्ञहरु बताउँछन् । मनसुनसँगै आँखामा असर पुर्याउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने रोगको संक्रमण फैलिएको आँखा रोग विशेषज्ञहरुले बताएका छन् ।
आँखा पाक्ने रोग मनसुन नसकिएसम्म जारी रहने चिकित्सकहरु बताउँछन् ।
तिलगंगा आँखा प्रतिष्ठानमा दैनिक ९ सय जना आउने कुल बिरामीमध्ये ३० प्रतिशत मौसमी आँखा पाक्ने रोगकै बिरामी आउने गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा साउन महिनामा आँखा पाक्ने रोगका बिरामी बढि रहेका छन् ।
“कतिपय भाइरसले आँखाको समस्या जटिल बनेपछि बिरामी आउन थालेका छन्,” प्रतिष्ठानकी आँखा रोग विशेषज्ञ डा. कौशल पोख्रेल बताउँछन् । उनका अनुसार ‘एडिनो’ नामक भाइरस आँखामा प्रवेश गरेपछि आँखा पाक्ने रोग देखा पर्छ ।
सो भाइरसको संक्रमण भएपछि आँखा रातो हुने, आँखाबाट रगत मिसिएको आँसु बग्ने, आँखा चिलाउने समस्या हुन्छ । साथै आँखाका कारण ज्वरो आउने समस्या समेत देखापर्ने डा. पोख्ररेलले बताए । आँखा पाक्ने संक्रमण मौसमी भाइरसका कारणले हुने नेत्र रोग विशेषज्ञ डा. बेन लिम्बू बताउँछन् ।
“भाइरसले आँखा पाक्दा चिप्रा नआएको कारण बिरामीहरु अन्य कारण हो कि भन्नेर झुक्किने समेत गरेका छन,” डा.लिम्बुले भने, “मनसुनमा ‘एडिनो’ भाइरस सक्रिय भएकाले आँखा पाक्ने रोग एकपटक देखापरेपछि बारम्बार संक्रमण दोहोरिइरहने हुन्छ ।”
संक्रमण अवधिमा आँखाका नानीमा स–सानो घाउ आउने सो घाउ निको नभएसम्म दाग रहिरहने समस्या हुने उनले बताए ।
कतिपय आँखा पाक्ने रोगका बिरामीलाई आँखा ठिक नभएसम्म घाममा हेर्न कठिन हुने समस्या हुने डा. लिम्बु बताउँछन् ।
“संक्रमणका समयमा आँखाको राम्रोसँग हेरचाह नगरे किटाणुको पनि संक्रमण थपिन सक्छ,” उनले भने “आँखाको संक्रमणको बेला आँखा सफा राख्नुपर्छ र आँखा मिच्नुहुँदैन ।”
रोगको लक्षण देखिएपछि जतिसक्दो छिटो उपचारमा जान आँखा रोग विशेषज्ञहरुको सुझाव छ ।
त्यसैगरी, आँखामा घाउ बनेको छ भने चिकित्सकको सल्लाह बमोजिमनै औषधिको प्रयोग गर्नुपर्छ । आँखाको हेलचेक्र्याईँ गरेमा आँखामा जटिलता आएर अन्धोपनाको जोखिम आउँन सक्ने आँखा रोग विशेषज्ञहरु बताउँछन । अ
लक्षण
आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने लगायतका लक्षण देखापर्छ ।
संक्रमणबाट कसरी बच्ने ?
संक्रमित व्यक्तिको नजिक नबस्ने, भीडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा बेड प्रयोग नगर्ने, औषधि प्रयोग गरेपछि हातधुने र आँखा नछुने तथा चश्माको प्रयोग गर्नुपर्छ भने भिडभाडमा जाँदा चस्माको प्रयोग गर्नुपर्छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












