काठमाडाैँमा माैसमी आँखा पाक्ने रोगको संक्रमण फैलिँदै
काठमाडाैँ २४, साउन । मनसुन बढेसँगै काठमाडौं उपत्यकामा मौसमी आँखा पाक्ने रोगको संक्रमण फैलिएको आँखा रोग विशेषज्ञहरु बताउँछन् । मनसुनसँगै आँखामा असर पुर्याउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने रोगको संक्रमण फैलिएको आँखा रोग विशेषज्ञहरुले बताएका छन् ।
आँखा पाक्ने रोग मनसुन नसकिएसम्म जारी रहने चिकित्सकहरु बताउँछन् ।
तिलगंगा आँखा प्रतिष्ठानमा दैनिक ९ सय जना आउने कुल बिरामीमध्ये ३० प्रतिशत मौसमी आँखा पाक्ने रोगकै बिरामी आउने गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा साउन महिनामा आँखा पाक्ने रोगका बिरामी बढि रहेका छन् ।
“कतिपय भाइरसले आँखाको समस्या जटिल बनेपछि बिरामी आउन थालेका छन्,” प्रतिष्ठानकी आँखा रोग विशेषज्ञ डा. कौशल पोख्रेल बताउँछन् । उनका अनुसार ‘एडिनो’ नामक भाइरस आँखामा प्रवेश गरेपछि आँखा पाक्ने रोग देखा पर्छ ।
सो भाइरसको संक्रमण भएपछि आँखा रातो हुने, आँखाबाट रगत मिसिएको आँसु बग्ने, आँखा चिलाउने समस्या हुन्छ । साथै आँखाका कारण ज्वरो आउने समस्या समेत देखापर्ने डा. पोख्ररेलले बताए । आँखा पाक्ने संक्रमण मौसमी भाइरसका कारणले हुने नेत्र रोग विशेषज्ञ डा. बेन लिम्बू बताउँछन् ।
“भाइरसले आँखा पाक्दा चिप्रा नआएको कारण बिरामीहरु अन्य कारण हो कि भन्नेर झुक्किने समेत गरेका छन,” डा.लिम्बुले भने, “मनसुनमा ‘एडिनो’ भाइरस सक्रिय भएकाले आँखा पाक्ने रोग एकपटक देखापरेपछि बारम्बार संक्रमण दोहोरिइरहने हुन्छ ।”
संक्रमण अवधिमा आँखाका नानीमा स–सानो घाउ आउने सो घाउ निको नभएसम्म दाग रहिरहने समस्या हुने उनले बताए ।
कतिपय आँखा पाक्ने रोगका बिरामीलाई आँखा ठिक नभएसम्म घाममा हेर्न कठिन हुने समस्या हुने डा. लिम्बु बताउँछन् ।
“संक्रमणका समयमा आँखाको राम्रोसँग हेरचाह नगरे किटाणुको पनि संक्रमण थपिन सक्छ,” उनले भने “आँखाको संक्रमणको बेला आँखा सफा राख्नुपर्छ र आँखा मिच्नुहुँदैन ।”
रोगको लक्षण देखिएपछि जतिसक्दो छिटो उपचारमा जान आँखा रोग विशेषज्ञहरुको सुझाव छ ।
त्यसैगरी, आँखामा घाउ बनेको छ भने चिकित्सकको सल्लाह बमोजिमनै औषधिको प्रयोग गर्नुपर्छ । आँखाको हेलचेक्र्याईँ गरेमा आँखामा जटिलता आएर अन्धोपनाको जोखिम आउँन सक्ने आँखा रोग विशेषज्ञहरु बताउँछन । अ
लक्षण
आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने लगायतका लक्षण देखापर्छ ।
संक्रमणबाट कसरी बच्ने ?
संक्रमित व्यक्तिको नजिक नबस्ने, भीडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा बेड प्रयोग नगर्ने, औषधि प्रयोग गरेपछि हातधुने र आँखा नछुने तथा चश्माको प्रयोग गर्नुपर्छ भने भिडभाडमा जाँदा चस्माको प्रयोग गर्नुपर्छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












