भन्सार छलेर भित्र्याएको सामान सशस्त्रद्वारा बरामद
काठमाडाैँ २५, साउन । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढी (तत्कालीन सीमा सुरक्षा कार्यालय) को टोलीले शुक्रबार विहान भन्सार छली गरेर भित्र्याएको हार्यवेयर तथा कपडाहरु बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका १० घुइयाघाट, सालघारीबाट स्थानीय शिव पार्कीको घरपछाडि राखेको अवस्थामा करिब तीन लाख १८ हजार रुपैयाँ बराबरका ड्रिल मेशिन, झया्लढोकाका चुकुलहरु, धाराको टुटी लगायतका हार्डवेयर, साइकल मोटरसाइकलका टायर, टयुब लगायत लत्ताकपडाहरु नियन्त्रणमा लिइएको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए ।
उनले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न स्थानीयहरुले समेत सहयोग गर्नुपर्ने बताए ।
जनशक्ति अभावका कारण सबै ठाउँमा पुग्न नसकिने भएकाले चोरी तस्करी भैरहेको सूचना दिन स्थानीयहरुलाई उनले आग्रह गरे । उनले पक्राउ परेका समानहरु जिल्ला भन्सार कार्यालय कैलालीलाई बुझाएको जानकारी दिए ।
यसअघि पनि विभिन्न स्थानबाट पक्राउ गरेका समानहरु भन्सार कार्यालयलाई बुझाएको थियो ।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












