भन्सार छलेर भित्र्याएको सामान सशस्त्रद्वारा बरामद
काठमाडाैँ २५, साउन । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढी (तत्कालीन सीमा सुरक्षा कार्यालय) को टोलीले शुक्रबार विहान भन्सार छली गरेर भित्र्याएको हार्यवेयर तथा कपडाहरु बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका १० घुइयाघाट, सालघारीबाट स्थानीय शिव पार्कीको घरपछाडि राखेको अवस्थामा करिब तीन लाख १८ हजार रुपैयाँ बराबरका ड्रिल मेशिन, झया्लढोकाका चुकुलहरु, धाराको टुटी लगायतका हार्डवेयर, साइकल मोटरसाइकलका टायर, टयुब लगायत लत्ताकपडाहरु नियन्त्रणमा लिइएको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए ।
उनले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न स्थानीयहरुले समेत सहयोग गर्नुपर्ने बताए ।
जनशक्ति अभावका कारण सबै ठाउँमा पुग्न नसकिने भएकाले चोरी तस्करी भैरहेको सूचना दिन स्थानीयहरुलाई उनले आग्रह गरे । उनले पक्राउ परेका समानहरु जिल्ला भन्सार कार्यालय कैलालीलाई बुझाएको जानकारी दिए ।
यसअघि पनि विभिन्न स्थानबाट पक्राउ गरेका समानहरु भन्सार कार्यालयलाई बुझाएको थियो ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











