आगामी चार दिनसम्म साँझको समयमा लोडसेडिङ
काठमाडाैँ २७, साउन । आगामी ४ दिन साँझको समयमा उद्योगहरुमा लोडसेडिङ हुने भएको छ । भारतबाट आउने १ सय मेगावाट बिको प्रसारण अवरुद्ध हुने भएपछि उद्योगमा लोडसेडिङ हुने धेरै सम्भावना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनको क्षमता विस्तारका क्रममा सोमबार विहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बिजुली आयात नहुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
प्रसारणलाइमा प्राविधिक कामहरु गर्नु अवस्था आएपछि केही दिन बिजुलीको आयात रोक्न लागिएको हो । ‘हाम्रो सबस्टेशनमा पनि प्रोटेक्सन र कम्युनिकेशनको काम गर्नुपर्छ । भारततर्फ पनि प्रसारणलाइनमा सिफि्टङको काम गर्नुपर्नेछ,’ उनले भने,’बेलुका उद्योगहरुमा २ घण्टा लोडसेडिङ हुन सक्छ ।’
धनुषामा हालै २२० केभीको ढल्केबर सबस्टेशनको निर्माण सकिएको छ । त्यसैले हालसम्म १३२ केभीमा सञ्चालनमा रहेको यो प्रसारणलाइनलाई २२० केभी क्षमता स्तरोन्नति गर्न लागिएको छ ।
यो काम सकिएपछि भारतबाट अहिले आइरहेको भन्दा १५० मेगावाट बढी बिजुली आयात गर्न सकिन्छ । नेपालले भारतबाट अहिले ५ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । बर्षायाममा यस्तो आयात दर घट्छ ।
भारतबाट ठूलो परिमाणमा बिजुली आयात केही दिन रोकिने भएपछि प्राधिकरणले आन्तरिक आयोजनाको व्यवस्थापन चुस्त बनाउन लागेको हो ।
अधिकतम् प्रयासमा कतै लोडसेडिङ हुन नदिने योजनामा प्राधिकरण छ । अहिले नदीहरुमा पानीको सहत राम्रो भएकाले ठूलो चुनौति नपर्ने विश्वास प्राधिकरणका अधिकारीहरुलाई छ ।
वषर्ादका कारण उत्पादन बढेकाले व्यवस्थापन गर्न समस्या नपर्ने प्रवक्ता अधिकारी बताउँछन् ।
अहिले २२० केभीमा स्तरोन्नति हुने ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन आगामी वर्षसम्म ४०० मेगावाट क्षमतामा विस्तार हुँदैछ ।
त्यतिबेलासम्म भारतसाग इनर्जी बैंकिङको समझौता भएमा बषर्ाको समयमा तामाकोसीबाट उत्पादित बजिुली भारत निर्यात गर्न सहज हुनेछ ।
४ सय मेगावाटमा प्रसारणलाइन स्तरोन्नति भएपछि १ हजार मेगावाट बजिुली आयात-निर्यात गर्न सकिने छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












