आगामी चार दिनसम्म साँझको समयमा लोडसेडिङ
काठमाडाैँ २७, साउन । आगामी ४ दिन साँझको समयमा उद्योगहरुमा लोडसेडिङ हुने भएको छ । भारतबाट आउने १ सय मेगावाट बिको प्रसारण अवरुद्ध हुने भएपछि उद्योगमा लोडसेडिङ हुने धेरै सम्भावना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनको क्षमता विस्तारका क्रममा सोमबार विहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बिजुली आयात नहुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
प्रसारणलाइमा प्राविधिक कामहरु गर्नु अवस्था आएपछि केही दिन बिजुलीको आयात रोक्न लागिएको हो । ‘हाम्रो सबस्टेशनमा पनि प्रोटेक्सन र कम्युनिकेशनको काम गर्नुपर्छ । भारततर्फ पनि प्रसारणलाइनमा सिफि्टङको काम गर्नुपर्नेछ,’ उनले भने,’बेलुका उद्योगहरुमा २ घण्टा लोडसेडिङ हुन सक्छ ।’
धनुषामा हालै २२० केभीको ढल्केबर सबस्टेशनको निर्माण सकिएको छ । त्यसैले हालसम्म १३२ केभीमा सञ्चालनमा रहेको यो प्रसारणलाइनलाई २२० केभी क्षमता स्तरोन्नति गर्न लागिएको छ ।
यो काम सकिएपछि भारतबाट अहिले आइरहेको भन्दा १५० मेगावाट बढी बिजुली आयात गर्न सकिन्छ । नेपालले भारतबाट अहिले ५ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । बर्षायाममा यस्तो आयात दर घट्छ ।
भारतबाट ठूलो परिमाणमा बिजुली आयात केही दिन रोकिने भएपछि प्राधिकरणले आन्तरिक आयोजनाको व्यवस्थापन चुस्त बनाउन लागेको हो ।
अधिकतम् प्रयासमा कतै लोडसेडिङ हुन नदिने योजनामा प्राधिकरण छ । अहिले नदीहरुमा पानीको सहत राम्रो भएकाले ठूलो चुनौति नपर्ने विश्वास प्राधिकरणका अधिकारीहरुलाई छ ।
वषर्ादका कारण उत्पादन बढेकाले व्यवस्थापन गर्न समस्या नपर्ने प्रवक्ता अधिकारी बताउँछन् ।
अहिले २२० केभीमा स्तरोन्नति हुने ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन आगामी वर्षसम्म ४०० मेगावाट क्षमतामा विस्तार हुँदैछ ।
त्यतिबेलासम्म भारतसाग इनर्जी बैंकिङको समझौता भएमा बषर्ाको समयमा तामाकोसीबाट उत्पादित बजिुली भारत निर्यात गर्न सहज हुनेछ ।
४ सय मेगावाटमा प्रसारणलाइन स्तरोन्नति भएपछि १ हजार मेगावाट बजिुली आयात-निर्यात गर्न सकिने छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












