नेपाल ईन्भेष्टमेन्ट बैंक २६% खुद मुनाफा सहित,उत्साहजनक प्रगति
काठमाडाैँ २९, साउन । बाणिज्य बैंकहरु मध्ये मजबुत र क्रमबद्ध प्रगति गर्दै आएको नेपाल ईन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । यो बैंकले खूद मुनाफामा २६.०५ प्रतिशतको प्रगति गरेको हो ।
अवधिमा बैंकले ३ अर्ब ९६ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिमा ८२ करोड भन्दा बढी संभावित जोखिम व्यवस्थापनबाट राइटब्याक गरेको छ ।
बैंकले वितरणयोग्य मुनाफा ३ अर्ब ५७ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकले संचालन मुनाफामा समेत करिब २५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ४१ करोड रहेको यस्तो मुनाफा बढेर ५ अर्ब ५२ करोडको उचाईमा पुगेको हो ।
व्यवसाय बिस्तारमा ध्यान दिएको बैंकले खूद ब्याज आम्दानी समेत बढेको छ । ४ अर्ब ८७ करोड रहेको यस्तो आम्दानी बढेर ५ अर्ब ८७ करोडको उचाईमा पुगेको छ ।
समीक्षा अवधिमा १३ अर्ब ४८ करोड ब्याज आम्दानी गरेको बैंकको ब्याज खर्च भने ७ अर्ब ७१ करोड ऋणात्मक छ ।
बैंकले यो अवधिमा १ खर्ब ४० अर्ब निक्षेप संकलन गरी १ खर्ब २० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ खर्ब २५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा परिचालन गरेको थियो । यसरी निक्षेप र कर्जातर्फ बैंकले क्रमशः ११.४६ र १५.०२ प्रतिशतको फड्को मारेको देखिएको छ ।
बैंकले जगेडाकोषको आकारलाई समेत थप बिस्तार गरेको छ । अघिल्लो वर्ष १३ अर्ब बढी रहेको कोषमा १४ अर्ब ८५ करोड बढी रकम सञ्चित भएको छ ।
चुक्तापूँजीमा १५.२१ प्रतिशतको प्रगति गरेको बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ३४.०३ रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ३७ रुपैयाँ २३ पैसाको उचाईमा पुगेको हो ।
समीक्षा अवधिमा बैंकमा खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ०.८३ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.०३ प्रतिशत पुगेको हो ।
बैंकको प्रतिसेयर नेटवर्थ २३९.५५ रुपैयाँ कायम भएको छ । यस्तै, पीई रेसियो १८.४१ गुणा कायम भएको छ भने इक्वीटीमा प्रतिफल १६.३१ प्रतिशत र सम्पत्तिमा प्रतिफल २.१० प्रतिशत रहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












