नेपाल ईन्भेष्टमेन्ट बैंक २६% खुद मुनाफा सहित,उत्साहजनक प्रगति
काठमाडाैँ २९, साउन । बाणिज्य बैंकहरु मध्ये मजबुत र क्रमबद्ध प्रगति गर्दै आएको नेपाल ईन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । यो बैंकले खूद मुनाफामा २६.०५ प्रतिशतको प्रगति गरेको हो ।
अवधिमा बैंकले ३ अर्ब ९६ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिमा ८२ करोड भन्दा बढी संभावित जोखिम व्यवस्थापनबाट राइटब्याक गरेको छ ।
बैंकले वितरणयोग्य मुनाफा ३ अर्ब ५७ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकले संचालन मुनाफामा समेत करिब २५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ४१ करोड रहेको यस्तो मुनाफा बढेर ५ अर्ब ५२ करोडको उचाईमा पुगेको हो ।
व्यवसाय बिस्तारमा ध्यान दिएको बैंकले खूद ब्याज आम्दानी समेत बढेको छ । ४ अर्ब ८७ करोड रहेको यस्तो आम्दानी बढेर ५ अर्ब ८७ करोडको उचाईमा पुगेको छ ।
समीक्षा अवधिमा १३ अर्ब ४८ करोड ब्याज आम्दानी गरेको बैंकको ब्याज खर्च भने ७ अर्ब ७१ करोड ऋणात्मक छ ।
बैंकले यो अवधिमा १ खर्ब ४० अर्ब निक्षेप संकलन गरी १ खर्ब २० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ खर्ब २५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा परिचालन गरेको थियो । यसरी निक्षेप र कर्जातर्फ बैंकले क्रमशः ११.४६ र १५.०२ प्रतिशतको फड्को मारेको देखिएको छ ।
बैंकले जगेडाकोषको आकारलाई समेत थप बिस्तार गरेको छ । अघिल्लो वर्ष १३ अर्ब बढी रहेको कोषमा १४ अर्ब ८५ करोड बढी रकम सञ्चित भएको छ ।
चुक्तापूँजीमा १५.२१ प्रतिशतको प्रगति गरेको बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ३४.०३ रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ३७ रुपैयाँ २३ पैसाको उचाईमा पुगेको हो ।
समीक्षा अवधिमा बैंकमा खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ०.८३ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.०३ प्रतिशत पुगेको हो ।
बैंकको प्रतिसेयर नेटवर्थ २३९.५५ रुपैयाँ कायम भएको छ । यस्तै, पीई रेसियो १८.४१ गुणा कायम भएको छ भने इक्वीटीमा प्रतिफल १६.३१ प्रतिशत र सम्पत्तिमा प्रतिफल २.१० प्रतिशत रहेको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












