मेगा बैङ्कको खुद मुनाफा अर्ब बढी,८ वर्षमै बिलिनियर
काठमाडाैँ ३०, साउन । मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैँया नाघेको छ । स्थापनाको छोटो अबधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब नाघेको हो ।
गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् । ‘मेगा बैंक स्थापनाको भर्खरै ८ बर्ष भएको छ ।
सीईओ खुञ्जेलीले २०७५ साल वैशाख ३० गते टुरिजम डेभलपमेण्ट बैङ्कसँग मर्जर भएपछि ९ महीनाको खुद मुनाफाबाट १४ करोड रुपैयाँ रिजर्भमा राखेको जानकारी दिए । यो सहित जोड्दा बैङ्कले गत आवमा १ अर्ब १९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
४ लाख ९६ हजार ग्राहक सङ्ख्या रहेको बैङ्कको आव २०७३/७४ मा कुल निक्षेप ३८ अर्ब ९४ करोड रुपैयाँ भएकोमा २०७४÷७५ मा ६२ करोड रुपैयाँ पुगेको छ । जुन २४ अर्ब ३ करोड रुपैयाँले बढी हो । यसैगरी, सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपैयाँले बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । बैङ्कका शाखा १०१ ओटा पुगेका छन् । यसैगरी, देशभर बैङ्कका १४ ओटा एक्टेन्शन काउण्टर, ११९ ओटा शाखारहित बैङ्किङ सेवा, २ हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ ओटा एटीएम रहेका छन् ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











