सर्बाधिक खुद नाफा पहिलोपटक ४ अर्ब माथि,यसरि छलाङ मार्यो नवील बैंक
काठमाडाैँ ३० , साउन । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।
बैंकको ४ अर्ब ५ करोड रुपैयाँ नै वितरणयोग्य मुनाफा हो ।
नवील बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएर नाफालाई पहिलोपटक ४ अर्ब माथि पुर्याएको हो । बैंकले ६ अर्ब १९ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ४५ करोडमा सीमित थियो ।
बैंकले ब्याजबाट मात्रै ११ अर्ब ३२ करोड बढी आम्दानी गरेको छ । ५ अर्ब ८ करोड मात्र ब्याज खर्च भएका कारण नवीलको नाफा ह्वात्तै बढेको देखिएको हो ।
बैंकले समीक्षा अवधिमा १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ खर्ब १८ अर्ब निक्षेप संकलन गरी ९१ अर्ब ४९ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले ५ अर्ब ४६ करोडमा सीमित संचालन मुनाफालाई बढाएर ६ अर्ब १९ करोडको उचाई चुमाएको छ ।
अघिल्लो वर्षसम्म ७ अर्ब १६ करोडमा सीमित रिजर्बलाई बढाएर १० अर्बको उचाई चुमाएको बैंकले खराब कर्जा अनुपातलाई समेत ०.८० प्रतिशतबाट घटाएर ०.५५ प्रतिशतमा झार्ने सफलता प्राप्त गरेको छ ।
अघिल्लो वर्ष २.७० प्रतिशत रहेको कस्ट अफ फण्ड बढर ४.७५ प्रतिशत पुगे पनि अन्य बैंकको तुलनामा यो खर्च निकै न्यून हो ।
नवीलको प्रतिसेयर आम्दानी ५०.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२७ गुणा, इक्वीटीमा प्रतिफल २४.६७ प्रतिशत तथा सम्पत्तिमा प्रतिफल २.७१ प्रतिशत कायम भएको छ ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












