प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्नेः गृहसचिब राई
काठमाडाैँ ३० साउन । गृहसचिव प्रेमकुमार राईले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि आफूले विशेष पहल गरिने बताएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण तथा अवलोकन गर्ने क्रममा उनले प्रहरी अस्पतालले अन्य अस्पतालसरह उत्कृष्ट स्वास्थ्य सेवासुविधा प्रदान गर्दै आएकाले यसलाई मेडिकल कलेज बनाउन आवश्यक पहल गर्ने आश्वासन दिए ।
सचिव राईले सबै सेवाग्राहीलाई समान रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिदैं अस्पतालले प्रदान गर्ने स्वास्थ्य सुविधा वृद्धि गर्दै लैजानुपर्ने बताए । अस्पतालमा कार्यरत जनशक्तिलाई अझै दक्ष बनाउन स्वास्थ्य मन्त्रालयसँग समन्वयन गर्ने पनि उनले बताए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताललाई नमूना अस्पतालका रुपमा विकास गर्न अझै उत्कृष्ट र बिरामीमैत्री सेवा सुविधा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उत्कृष्ट सेवा प्रदान गरेमात्र प्रहरी अस्पताल सबैको नजरमा राम्रो अस्पताल साबित हुने धारणा व्यक्त गरे। अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले विविध समस्याका बाबजुद अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, अस्पताल व्यवस्थापन, बिरामीलाई गर्ने व्यवहार र औषधि वितरणमा सकारात्मक परिवर्तन गरिरहेको जानकारी दिए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












