३ हजार उत्सव भत्ता विद्युत् प्राधिकरणका कर्मचारीलाई
काठमाडाैँ ३१, साउन । नेपाल विद्युत् प्राधिकरणको शुक्रबार ३३ औं वार्षिकोत्सवमा प्रत्येक कर्मचारीलाई ३ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ । ३२ औं वार्षिकोत्सवमा १ हजार ५ सय रुपैयाँ भत्ता दिइएकोमा त्यसलाई दोब्बर बनाएर ३ हजार पु-याइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सञ्चालक समितिबाट निर्णय गरी ९ हजार कर्मचारीलाई उत्सवभत्ताबापत पौने ३ करोड रुपैयाँ दिइन लागिएको हो । आर्थिक वर्ष २०७३-७४ मा १ अर्ब ४६ करोड बराबर नाफा कमाउन सफल प्राधिकरणले भने गत आर्थिक वर्ष २०७४-७५ मा ९८ करोड कमाउन सफल भएको छ । प्राधिकरणले १ अर्ब १ करोड खुद मुनाफा रहेको जनाएपनि यो रकमा सामाजिक उत्तरदायित्वको १ करोड र बिमाको २ करोड रुपैयाँसमेत समावेश छ ।
अघिल्लो वर्ष २ खर्ब ४४ अर्ब ९६ करोड २० लाख बराबरको सम्पत्ति रहेको प्राधिकरणको सम्पत्ति बढेर २ खर्ब ८४ अर्ब ६५ करोड २० लाख पुगेको छ भने खर्च ८ अर्ब रुपैयाँ बढेको छ । अघिल्लो वर्ष ४४ अर्ब ९८ करोड ५० लाख प्राधिकरणको खर्च रहेकोमा बढेर गत वर्ष ५२ अर्ब ६२ करोड १० लाख पुगेको छ । प्रसारणलाइनतर्फको खर्च अघिल्लो वर्ष १ अर्ब ८२ करोड २० लाख रहेकोमा ९.६६ प्रतिशत बढेर १ अर्ब ९९ करोड ८० लाख भने वितरणतर्फ ७ अर्ब ४ करोड १० लाख रहेकोमा ११ प्रतिशत खर्च बढेर ७ अर्ब ८२ करोड ८० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी प्रशासनतर्फको खर्च अघिल्लो वर्ष १ अर्ब ६० करोड १० लाख रहेकोमा ७ प्रतिशत बढेर १ अर्ब ७१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












