जटिल बन्दै उपत्यकाको फोहोर व्यवस्थापन
नुवाकोट १,भदाै । सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ । नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । आजको नेपाल समाचारपत्रमा समाचार छ ।
उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइट भरिएको छ । लगातारको वर्षाको कारण फोहोर व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । सिसडोलमा फोहोर खसाल्न गएका सवारी साधन घण्टौं लाइन बस्न बाध्य हुने गरेका छन् ।
कतिपय सवारी चालक त दुई दिनसम्म सिसडोलमै बसेर एक ट्रिप फोहोर खसालेर फर्कने गरेका छन् । फोहोरको थुप्रोमा निर्माण गरेको हिलाम्य बाटो पार गरी फोहोर व्यवस्थापन गर्नुपर्ने भएकोले दिनहुजस्तो समस्या आउने गरेको छ । काठमाडौ महानगरपालिका एक्लैले सिसडोल ल्याण्डफिलका लागि दैनिक १ लाख रुपिया सिसडोलमा खर्च गर्ने गरेको छ ।
सरकारले कम्तीमा पनि पाँच वर्षकालागि वैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था नगरे अबको तीन महिनापछि उपत्यकाको फोहोर व्यवस्थापन गर्न नसकिने कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीबहादुर कुवँरले बताए ।
उनका अनुसार राजधानी लगायत स्थानीय तहको फोहोर व्यवस्थापन गर्न नसक्दा समस्या बिकराल बन्दै गएको छ । अहिले सिसडोलाई ल्याण्डफिल भन्दापनि डम्पिङसाइट भन्ने अवस्था र्सिजना भएको छ । लिचेड कहा व्यवस्थापन भैरहेको छ अत्तोतत्तो छैन, जताततै आफुखुसी फोहोर व्यवस्थापन गरिएको छ ।
वैकल्पिक स्थान नभएको कारण फोहोर व्यवस्थापनमा समस्या आएको बताउदै कामपा वातावरण व्यवस्थापन समितिका संयोजक एवं कामनपा १२ का अध्यक्ष विकास डंगोलले राज्यले ध्यान नदिदा समस्या आएको बताए ।
महानगरद्धारा गठित समितिका सदस्य एवं वडा नम्वर ४ का अध्यक्ष मोहन विष्ट, २६ वडा अध्यक्ष ख्यामराज तिवारी र वडा नम्बर १७ का कार्यपालिका सदस्य प्रेम पुजारी सहितको टोली ल्याण्डफिल साइट अवलोकन गर्न पुगेका थिए
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












