मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट आयोग
काठमाडाैँ १, भदाैँ । राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेका हुन् ।
उनले लागु भएको मुलुकी अपराध संहिता मानव अधिकारमैत्री रहेको उल्लेख गर्दै यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गरे ।
मुलुकी ऐन प्रतिस्थापनका लागि बनेका कानुनको आलोचना समेत भइरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पौडेलले यसले नेपालले पीडितलाई न्याय दिन नसकेको भनि अन्तराष्ट्रिय समुदायले गरिरहेको आलोचनाको गतिको जवाफ दिने पनि स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आजबाट लागू गरेको सो कानुन सार्वभौमसत्ता सम्पन्न संसदले पारित गरेको, सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तराष्ट्रिय मूल्यमान्यता अनुसार आएकाले यसलाई कसैले पनि विरोध गर्न नमिल्ने तर्क पनि गरे ।
सरकारले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ कानुन लागू गरेको हो । सो कानुन समयसापेक्ष रहेको पनि आयोगका सदस्य पौडेलले स्मरण गराए ।
राणा कालमा तर्जुमा गरिएको सो ऐनलाई सरकारले १ सय ६५ वर्षपछि प्रतिस्थापन गरेको हो ।
प्रतिस्थापन गरिएको कानुनहरुमा मुलुकी अपराध ऐन अन्तरगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











