नेप्से २९ अङ्कले बढ्दा १ अर्ब ४३ करोडको कारोबार
अघिल्लो साताको बिहीबार १ हजार १ सय ८० दशमलव ९३ अङ्क कायम भएको नेप्से २९ अङ्कले बढेर साताको अन्तिम दिन बिहीबार १ हजार २ सय १० दशमलव ३२ अङ्क कायम भएको छ । यस्तै सातामा १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
काठमाडाैँ २, भदाै । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साउनको अन्तिम साता भने परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । लगातार घट्दै आएको बजारमा महिनाको अन्तिम साता एकाएक सुधार आउँदै नेप्से सकारात्मक बाटोतर्फ लागेको छ । नेप्से करिब ३० अङ्कले बढेको छ भने कारोबार ५६ दशमलव १० प्रतिशतले बढेको छ ।
अघिल्लो साताको बिहीबार १ हजार १ सय ८० दशमलव ९३ अङ्क कायम भएको नेप्से २९ अङ्कले बढेर साताको अन्तिम दिन बिहीबार १ हजार २ सय १० दशमलव ३२ अङ्क कायम भएको छ । यस्तै सातामा १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
साताको पाँचै दिन कारोबार भएको नेप्सेमा १ दिन गिरावट आएको छ भने ४ दिन सकारात्मक सुधार भएको छ । पहिलो दिन आइतबार घटेको नेप्से त्यसयता लगातार बढेर बन्द भएको छ । गत साता ९१ करोड रुपैयाँमा सीमित भएको कारोबार रकम यस साता उल्लेख्य रुपमा बढेको छ । नेप्सेका अनुसार सातामा १ सय ८५ कम्पनीका २२ हजार ५ सय २० कारोबारबाट १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख २ हजार ४ सय ५० कित्ता सेयर खरिदबिक्री भएका छन् ।
गत साता नेप्सेमा १ सय ८१ कम्पनीका १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँबराबरका ३६ लाख ४७ हजार ८ सय ४० कित्ता सेयर खरिदबिक्री भएका थिए । यस्तै नेप्सेमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिन आइतबारको तुलनामा ९ दशमलव ६८ अङ्कले घटेर २ सय ५५ दशमलव ३८ अङ्क कायम भएको छ ।
सातामा नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी सात करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा मेगा बैङ्क अग्रस्थानमा छ । कम्पनीको सातामा एक लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ भने आरम्भ माइक्रोफाइनान्सको १ हजार २ सय ६५ वटा कारोबार भएको छ ।
सातामा नबिलको ४९ लाख, प्राइम कमर्सियलको ३८ लाख नेपाल इन्भेस्टमेन्ट र नबिल बैङ्क संस्थापकको समान ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












