स्मार्ट कार्ड छाप्ने प्रिन्टर बिग्रिए, फेरि कागजकै लाइसेन्स दिने तयारीमा यातायात ब्यवस्था विभाग
काठमाडाैं ४, भदाै । यातायात व्यवस्था विभागमा रहेको अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिएको छ।
विभागमा भएको ९ वटा प्रिन्टर मध्ये एउटा पहिलेदेखि नै बिग्रिएको थियो भने अरु पुराना ४ वटाले पनि काम गर्न छोडेको हो।
ति प्रिन्टरको आयु एक लाख कार्ड छाप्न सक्ने भएकोले पछिल्लो समय प्रिन्टरमा समस्या उत्पन्न भएको विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोख्रेलले बताए।
‘पुराना प्रिन्टरमा समस्या आएको हो, यसलाई बनाए पनि फेरी बिग्रने सम्भावना उच्च हुन्छ’ उनले सेतोपाटीसँग भने। त्यस्तै गत असारको पहिलो हप्ता आएको ४ वटा प्रिन्टरले अझै राम्रोसँग काम गर्न सकेको छैन। विभागले तय गरेको मापदण्ड अनुसार प्रिन्टरले काम नगरेकाले प्रिन्टरको भुक्तानी समेत नगरिएको विभागले जनाएको छ।
चिप इन्कोडिङ (चिपमा विवरण भर्ने) र लेजर इन्ग्रेभिङ (कार्डमा विवरण लेख्ने) लगायतको काम अटोमेटिक हुनु पर्नेमा मेसिनले कार्ड सपोर्ट नगर्दा म्यानुअल्ली गर्नू परेको पोख्रेलले जानकारी दिए।
मेसिन आयातकर्ता कम्पनी मद्रास प्रिन्ट्सले २ महिना देखि विदेशबाट मेकानिक बोलाएर बनाउन लगाए पनि प्रिन्टर बन्न सकेको छैन। अहिले दैनिक ४ हजार लाइसेन्सको माग छ भने छपाई भने मुस्किलले ३ हजार मात्र छ। त्यस्तै ५ लाख चालक ट्रायल कटाएर लाइसेन्सको पर्खाइमा छन्।
विकल्प के छ त ?
विभागले यो आर्थिक वर्षमा मास प्रिन्टर ल्याउने तयारी गरेको छ। ठेक्का प्रकृयामा गएर मेसिन आइपुग्न धेरै समय लाग्छ।
५ लाख ब्याकलक हटाउन विभागसँग २ वटा विकल्प रहेको पोख्रेलले बताए। एउटा अस्थाई कागजी लाइसेन्स दिने र अर्को आउट सोर्सिङ अर्थात प्राइभेट कम्पनीलाई छाप्न दिने।
‘५ लाख चालक चिटको भरमा सवारी चलाउँदा ट्राफिक प्रहरीले पनि कठिनाई भोग्नु परेको छ’ उनले भने ‘मास प्रिन्टर नआउन्जेल अस्थाई कागजी लाइसेन्स दिएर केही समयलाई यो समस्या सुल्झाउन सकिन्छ।’
त्यस्तै कुनै प्राइभेट कम्पनीलाई लाइसेन्स छाप्ने जिम्मा दिएर पनि समस्या सुल्झाउन सकिने पोख्रेलले बताए।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











