सञ्चालनमा आएको ५ दिनमै किन भयो ? कलंकीको अन्डर पास बन्द
काठमाडाैँ ६, भदाै । भदौ १ गतेदेखि सञ्चालनमा आएको कलंकीको अन्डरपास बुधबारबाट बन्द भएको छ। केही प्राविधिक कामहरू नसकिएकाले साता दिनका लागि बाटो बन्द गरिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ।
‘भित्र दायाँबायाँ लाइट राख्नेलगायत प्राविधिक काम र पिच गर्न पनि बाँकी छ, त्यसका लागि हप्ता दिन लाग्छ भनेकाले आजदेखि सवारी बन्द गरेका छौं,’ ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक विमलकुमार थापाले भने,‘अन्डर पास बन्द भएपछि जाम बढेको छ।’
उनका अनुसार हिजोअस्ति ५/१० मिनेट पर्खेर कलंकी कट्ने सवारी साधन आज २०/२५ मिनेट पर्खनुपर्ने भएको छ।
‘सबैमाथिबाट आएपछि हिजोअस्तिभन्दा धेरै जाम भएको छ,’ थापाले भने।
चीन सरकारको आर्थिक सहयोगमा पहिलो चरणमा भएको कोटेश्वर-कलंकी चक्रपथ विस्तारमा अन्डरपास बनाइएको हो।
अन्डरपास बने पनि यसको औपचारिक उद्घाटन भएको छैन। भदौ १ गतेदेखि परीक्षणको रूपमा अन्डरपासबाट गाडी चल्न थालेका थिए।
यो नेपालको पहिलो अन्डरपास हो।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












