घट्यो शेयर बजार, कारोबारनै बन्द
काठमाडाैं ७,भदाै। बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि शेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन । आज शेयर बजार ओरालो लागेर कारोवार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब चार अङ्क अर्थात् ३.९२ बिन्दुले घटेर एक हजार १७८.५० मा झरेको छ । यस्तै ‘क’ वर्गका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २४८.९९ बिन्दुमा कायम छ ।
आज कूल १५९ कम्पनीको १० लाख २० हजार ५९५ कित्ता शेयर रु २७ करोड ७३ लाख आठ हजारमा कारोवार भएको छ । स्टकका अनुसार दुई उपसमूहको शेयर बढ्दा अन्य उपसमूहको घटेको छ । विकास बैंक ०.१८ र अन्य समूह ५.०७ बिन्दुले बढ्दा बैङ्किङ ३.५३, जलविद्युत् १४.६२, होटल २.३६, वित्त ०.०७, निर्जीवन बीमा २७.५५, उत्पादन ५४.६७, माइक्रोफाइनान्स ४.४१, जीवन बीमा ३८.६४ ले घटेको छ ।
एनआइबिएल समृद्धि फण्ड र लक्ष्मी भ्यालू फण्ड एकका लगानीकर्ताले आज कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकका शेयर लगानीकर्ताले गुमाएका छन् ।
बोनस शेयर सूचीकृत
मेघा बैंक लिमिटेडको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ । यस्तै लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता बोनस शेयर पनि आजै सूचीकृत भएको छ । यसैगरी नेपाल कम्युनिटी विकास बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
यस्तै एनआइबिएल समृद्धि फण्ड एकले एकाइधनीलाई करसहित १२ प्रतिशतका दरले हुन आउने रु १२ करोड प्रतिफल वितरण गर्ने जानकारी स्टकलाई गराएको छ । प्रतिफलपश्चात् उक्त सामूहिक योजनाको खुद सम्पत्ति मूल्य प्रतिएकाइ १० रुपैयाँ नौ पैसा कायम रहनेछ ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











