जोरबिजोर प्रणाली,मोटरसाइकलमा पनि लागू हुने
काठमाडाैं १०,भदाै । बिम्स्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौँ उपत्यकाका सबै सवारी साधनमा यो हप्ता तीन दिन जोरबिजोर प्रणाली लागू हुने भएको छ।
चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नवराज लम्सालले पहिलोपोस्टलाई बताए।
एसपी लम्सालले भने, ‘अत्यावश्यक बाहेकका सवारी साधनमा नियम लागू हुनेछ।’
सरकारी प्रयोजनका लागि प्रयोग हुने अत्यावश्यक बाहेकका सवारी, कुटनीतिक नियोगका सवारीमा पनि यो नियम लागू हुने उनले बताए।
भदौ १३ गते बुधबार, १४ गते बिहीबार र १५ गते शुक्रबार उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागु गर्ने भएको हो।
नियम अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१, ३, ५, ७, ९) भएका सवारी साधनहरू सञ्चालन हुन पाउने छन्। १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०, २, ४, ६, ८) भएका सवारी साधनहरू चल्ने छन्।
उपत्यकाभित्र मात्र १३ लाखभन्दा बढी सवारी साधन गुड्ने गरेको प्रहरीको तथ्याङक छ। यो नियम लागू भएपछि सडकमा आधा सवारी साधानको संख्या घट्ने छ।
नियम नमानी सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना लाग्ने एसपी लम्सालले बताए।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












