ऐतिहासिक नेपाल आइडल – तुलना र प्रतिस्पर्धाविहीन
काठमाडाैं १३,भदाै । नेपालको हालसम्मकै ठूलो सिंगिंग रियालिटी शो नेपाल आइडलले संसारभर छरिएर बसेका लाखौँलाख नेपालीको मन जित्यो ।नेपालमा यो मंच नेपाली युवाहरुका लागि सुनौलो अवसरसमेत प्रमाणित भयो ।
टेलिभिजनबाट टाढिईसकेका नेपाली दर्शकलाई समेत नेपाल आइडलले पुन: नेपाली टेलिभिजन नजिक ल्यायो । वास्तवमा यसले नेपाली टेलिभिजनमा नयाँ अवसरहरुको ढोका खोलिदियो । गायन सम्भावना बोकेका युवा प्रतिभाहरुलाई देशका कुनाकाप्चाबाट खोजेर ल्याएर उनीहरुका प्रतिभामात्र नभै व्यक्तित्वसमेत प्रस्फुटन गराई सामान्य अवस्थाबाट विशिष्ट अवस्थामा पुर्याईन्जेलसम्म उनीहरुमा आएको परिवर्तन वास्तवमै हेर्न लायक हुने गर्दछ ।
त्यसैले सामान्य दर्शकले तुरुन्त आफूलाई यससँग जोड्न पुग्छन । त्यसैले संसारभरका दर्शकलाई आइडलको हर सिजनको प्रतिक्षा रहने गर्दछ । नेपालमा पनि यो चलन गतवर्षदेखि आरम्भ भैसकेको छ । यो शोको तुलना अरु कुनै शोसँग हुनै सक्दैन, न प्रतिस्पर्धा नै । प्रतिस्पर्धा छ त आफैसँगमात्र । नेपाल आइडल प्रसारण हुने दिन, खास गरि विदेशमा रहेका दर्शक युट्यूबमा हजारौको संख्यामा प्रतिक्षारत हुने गर्दछन ।
दशौ हजार कन्करेन्ट भ्यूअर प्रतिक्षारत रहने एकमात्र नेपाली शो नेपाल आइडल हुदै आएको छ जुन दिनानुदिन बढिरहेको छ । गतहप्ता मात्र यसको कन्करेन्ट भ्यूअरशिप ४२ हजारसम्म पुगेको थियो । यो वास्तवमै एतिहासिक उपलब्धि हो जुन आजको दिनसम्म अकाट्य छ । नेपाल आइडलको दोस्रो सिजनको अडिसन राउण्ड भर्खरै सम्पन्न भयो । पहिलो सिजनभन्दा दोस्रो सिजन अझ परिष्कृत रुपमा आएको सर्वत्र चर्चा छ जसले आरम्भदेखि नै युट्युबमा रेकर्ड भ्युअरशिप पायो ।
भनिरहनु नपर्ला यो भ्यूअरशिप कुनै पनि प्रकारको कृत्रिमतारहित नितान्त अर्ग्यानिक छ । सन् २००१ मा बेलायती टेलिभिजन प्रोड्युसर साइमन फुलरले “पप आइडल” का रूपमा शुरु गरेको सांगीतको यो महासंग्राम बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर आउने गर्दछ ।संसारमा सबभन्दा धेरै हेरिने तथा सबभन्दा बढी मनोरञ्जन दिने सफल कार्यक्रमको रुपमा स्थापित आइडल सिरिज आज पनि १५० देशहरुमा लोकप्रिय छ । देशैभरबाट एकत्रित भएका प्रतिस्पर्धीहरुबीच अडिशनपछिका प्रतिस्पर्धाहरु धमाधम चलिरहेका छन् जहाँ सबै एक से एक प्रतिस्पर्धीहरु आफुलाई निखार्नका लागि साधनारत छन् । गला र कला दुवैको सङ्गम नेपाल आइडलका अझै रोमान्चक एपिसोडहरु आउन बाँकी छन ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












