काठमाडौं महानगरमा सुरु भयो फ्रि वाईफाई
काठमाडाैँ १७,भदाै । काठमाडौं महानगरपालिकाले पशुपतिनाथ मन्दिर परिसरसहित ६ स्थानमा फ्रि वाईफाई सेवा सुरु गरेको छ ।
ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्रि वाईफाई सेवाको आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
महानगरलाई निःशुल्क वाईफाई क्षेत्र बनाउन परीक्षण भइरहेको उनले बताए ।
‘इन्टरनेटको लत कहिले काहीँ समस्या बन्न सक्छ । फ्रि वाईफाई पाएँ भन्दैमा युवायुवती कामै छोडेर फिल्म हेर्नतिर लागे भने अभिभावकबाट गुनासो आउन सक्छ’ मेयर शाक्यले भने, ‘त्यसैले सम्भावित जोखिम हेरेर कसरी काम गर्ने भन्नेमा हामी सचेत छौं ।’
पशुपतिनाथ, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु, बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा फ्रि वाईफाईको उपभोग गर्न पाइनेछ ।
चहलपहल बढी हुने क्षेत्रमा एक्सेस प्वाइन्ट र ब्याण्डविथ धेरै दिइएको छ भने कम भिडभाड हुने क्षेत्रमा थोरै छ ।
पशुपतिनाथ मन्दिर आसपासमा २०० देखि ७०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाईको मजा लिनसक्नेछन् । बौद्धमा ४ वटा एक्सेस प्वाइन्टबाट २५० देखि ५००, शंखपार्कमा २ वटा एक्सेस प्वाइन्टबाट ५० देखि २०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाई चलाउन सक्नेछन् ।
बालाजुमा ७ एक्सेस प्वाइन्टबाट २०० देखि ७००, स्वयम्भूमा ५ वटा एक्सेस प्वाइन्टबाट २०० देखि ३०० र बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा ९ वटा एक्सेस प्वाइन्टबाट ३०० देखि ५०० प्रयोगकर्ताले फ्रि वाईफाईको उपभोग गर्न सक्नेछन् । सबै क्षेत्रमा १० एमबिपिएस स्पिड दिइएको छ ।
महानगरपालिकाले सार्वजनिक उत्तरदायित्व अन्तर्गत विज्ञापनरहित हुने गरी वल्र्ड लिंकसँग ०७४ चैत्र १८ गते काठमाडौंका विभिन्न महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलमा फ्रि वाईफाई जडानका लागि सम्झौता गरेको थियो । ६० दिनभित्रै फ्रि वाईफाई सेवा जडान गर्ने भनिएपनि केही ढिला गरी थालिएको हो । महानगरका अनुसार वल्र्ड लिंकसँग ५ वर्षे सम्झौता गरिएको छ ।
कसरी चलाउने फ्रि वाईफाई
सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि सिस्टमले नेटवर्क भएको नोटिफिसन पठाउँछ ।
यसमा थिचेपछि एउटा पेज खुल्छ । पेजमा नाम र मोवाइल नम्बर भर्नुपर्छ । वल्र्ड लिंकका कार्यकारी निर्देशक विजय जलानकाअनुसार यसरी विवरण भरिसकेपछि सिस्टमले मोवाइलमा एउटा कोड पठाउँछ ।
त्यो कोड भरिसकेपछि वाईफाई चलाउन सकिन्छ । सेवामा सवैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ । ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्नेछ । तर, उसका लागि अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ ।
महानगरको सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार एक जनाप्रयोगकर्ताले एकै दिनमा एउटै डिभाइस (फोन वा ल्यापटप) बाट सेवा लिँदा दोश्रो पटकदेखि इमेल ठेगानासमेत उपलब्ध गराउनु पर्नेछ । सुरक्षाका दृष्टि यसो गरिएको महानगरले जनाएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












