सरकारको चेतावनीको अवज्ञा गर्दै,आज पनि डाक्टरहरुको ओपिडी सेवा बहिस्कार
काठमाडाैँ १८,भदाै । चिकित्सकको आन्दोलनको आज दोस्रो दिन अस्पतालका ओपिडी र प्रशासनिक कार्य ठप्प भएको छ। हिजोदेखि कडा आन्दोलनमा उत्रिएका डाक्टरहरुले आजबाट आकस्मिक बाहेक अस्पतालमा भर्ना लिन रोक गरेका हुन्। यसले उपचारका लागि अस्पतालमा भर्न हुनुपर्ने विरामी प्रभावित हुने भएका छन्।
आइतबारबाट देशभरका स्वास्थ्य संस्थामा प्रशासनिक काम बन्द गरेका चिकित्सकहरुले आजबाट आन्दोलन थप कडा बनाएका हुन्। माग सम्बोधन नभए बुधवारबाट आकस्मिकबाहेकका अपरेसनसमेत नगर्ने उनीहरुको तयारी छ।
मुलुकी अपराध संहिता (ऐन) मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले चिकित्सासँग जोडिएका मुद्दा फौजदारी मुद्दा हुन नहुने मागसहित विरोधमा छन्।
यता सरकार भने आन्दोलनरत स्वास्थ्यकर्मीप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै हड्ताल गरेमा वा त्यसमा भाग लिएमा हड्तालमा सहभागी हुनेलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुवै सजाय हुने चेतावनी दिएको छ।
चेतावनीका वावजूद डाक्टरहरुको आन्दोलन जारी छ।
आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक सेवा ऐन अनुसार कारवाही र जरीवानाको चेतावनी दिए पनि उनीहरुले टेरेका छैनन्।
स्वास्थ्य मन्त्रालयले हिजोमात्रै सूचना सार्वजनिक गर्दै कारवाहीको चेतावनी दिएको थियो। मन्त्रालयले अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारवाही गर्ने भनेको छ।
जसअनुसार यो ऐन अन्तर्गत निषेध गरिएको कुनै हडताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा हड्तालमा सहभागी हुने व्यक्तीलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।
चिकित्सकहरुले हिजो माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए भने देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरेर सरकारलाई दवाव दिइरहेका छन्। नेपाल चिकित्सक संघको निर्णयअनुसार चिकत्सकहरुले ऐनको विरोधमा गत बिहीवारदेखि नै आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउन संकलन गरेका थिए।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












