सुन्दा कसैलाई बिस्वास नलाग्ला सकियो ३ सय रुपैयाँमै बिहे
काठमाडौं१८ भदौ। शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा बिहे गरेका छन् । उनले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान बिहे गरेका हुन् ।
सामाजिक अभियन्ता सञ्जेल र अधिकारीले अत्यन्तै कम खर्चमा बिहे गरेर फजुलखर्चीहरुलाई चुनौती दिएका छन् । बेहुला उत्तमले ‘समता स्कुल इन्डिया’ लेखिएको टिसर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । बेहुली कलाले रातो कुर्ता-सुरुवालमा घुम्टो ओढेकी थिइन् ।
‘म सँधै साधारण जीवनशैलीको पक्षपाती भएकाले बिहे पनि साधारण तरिकाले गरेँ,’ उनले भने ।
सञ्जेलले कलालाई सिन्दुर पोते र माला लगाइदिएका थिए । त्यसपछि उनले २ मिनेट बोलेपछि बिहे सम्पन्न भएको थियो । बेहुली कला भने लजाएर बोल्न मानिनन् ।
करिब ५ मिनेटमा बिहे सकिएको त्यहाँ उपस्थित कलाकार मनोज गजुरेलले बताए । बिहेपछि भोजका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई सुगर फ्री लड्डु बाँडेका थिए । लड्डुको प्रायोजन उनीहरुकै थियो ।
पण्डित नबोलाई गरिएको बिहेमा आफ्नो जम्मा तीन सय रुपैयाँ मात्र खर्च भएको उत्तमले जानकारी दिएका छन् ।
‘२५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका दुई मालामा बिहे सकियो,’ उनले भने ।
उत्तम र कलाको ४ महिना अगाडि मात्रै चिनजान भएको हो । उत्तमले सञ्चालन गर्ने १ सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कला कार्यरत छिन् । कार्यक्षेत्रमै रहेका बेला उनीहरु प्रेममा परेका थिए ।
‘शारीरिक आकर्षणले भन्दा पनि विचार मिलेकाले हामी एक-अर्कासँग नजिकिएका हौं,’ उत्तमले भने । उत्तमका परिवारमा बुवाआमा, बहिनी र दुई भाइ छन् । बहिनी र दुई भाइको बिहे पहिल्यै भइसकेको छ ।
ढिलो बिहे गर्नुको कारणबारे सोध्दा उत्तमले ठट्टा गर्दै भने, ‘४० कटेपछि रमाउला भन्ने गीत सुन्नुभएको छैन ?’
मासिक १ सय रुपैयाँमा पठनपाठन गराइने समता स्कुल सञ्चालन गरेर उत्तमले वाहवाही कमाउदै आएका छन् । उनले सञ्चालन गरेका स्कुल नेपालका ७७ वटै जिल्लाका साथै भारत, श्रीलंका र बंगलादेशमा पनि चलिरहेका छन् । उनले करिब ६५ हजार गरिब विद्यार्थीलाई नर्सरीदेखि नर्ससम्म पढाइरहेका छन्
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












